Sorry, that menu does not exist.
 

काठेखोला गाउँपालिकामा पहिलो पटक हुन लागेको शैक्षिक महोत्सवको तयारी पुरा !

सुमन जीसी, बागलुङ २०७६, बैशाख ३० । काठेखोला गाउँपालीका वडा नं. ७ रेश स्थित श्री रेश नुन्थला माध्यामिक विद्यालयको आयोजनामा हुन गईरहेको शैक्षिक महोत्सव २०७६ को तयारी पुरा भएको छ ।

काठेखोला गाउँपालीका वडा नं. ७ का वडा अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक प्रेमवहादुर लामिछानेको अध्यक्षता तथा रेश स्थित सम्पूर्ण सामाजिक व्यक्तित्व, बुद्धिजीवी, व्यवसायी, युवाहरु लगाएतको उपस्थितीमा आईताबार सम्पन्न बैठकमा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको विद्यालयका प्राध्यानध्यापक ओमवहादुर थापाले बताए ।

विद्यालयलाई प्रविधिमैत्री, गुणस्तरीय र युगानुकुल शिक्षा प्रणालीमा फड्को मार्ने उद्देश्यका साथ काठेखोला गाउँपालीकामै पहिलो पटक आयोजना हुन लागेको शैक्षिक महोत्सव भोलि बैशाख ३१ देखि जेठ ४ गतेसम्म सञ्चालन हुनेछ ।

शैक्षिक महोत्सवमा गाउँपालिका अन्तर मा.वि स्तरीय हाजिरजवाफ प्रतियोगिता, गाउँपालीका स्तरीय शैक्षिक सामाग्री प्रदर्शनी, विद्यार्थिमा अन्तरनीहीत प्रतिभा पहिचान कार्यक्रम, स्थानीय पञ्चेबाजा सहित सहयोगदाता सम्मान, स्थानीय संस्कृती झल्कने झाँकी तथा भेषभुषा प्रदर्शन, लोक भजन प्रतियोगिता, वडामा रहेका घरेलु खाद्यन्न सामाग्री प्रदर्शन, सकरात्मक सोँच सम्वन्धि प्रेरणदायी प्रशिक्षण, पुर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम र राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने बैठकका क्रममा विद्यालयका प्रधानध्यापक ओमवहादुर थापाले बताए ।

शैक्षिक महोत्सव अवधिमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीना, जिल्ला स्थित संघिय सांसदहरु, प्रदेश सांसदहरु, नगरपालीका र गाउँपालिकाका प्रमुखहरु लगाएतले सम्वोधन गर्ने कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।

५ दिनसम्म सञ्चालन हुने शैक्षिक महोत्सवलाई व्यवस्थित, भव्य र सभ्य तरीकाले सम्पन्न गर्न १५ वटा विभिन्न उपसमितिहरु गठन गरिएको छ । एक करोड बराबरको आर्थिक सहयोग संकलन गर्ने अपेक्षाका साथ आयोजना हुन लागिरहेको महोत्सव विद्यालय सुधारको सबैभन्दा ठुलो खुड्किलो भएको वडा अध्यक्ष एवं मुल आयोजक समितिका संयोजक प्रेम लामिछानेले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply