कमल पौडेल, बडीगाड २०७६ बैशाख ३० । सोमवार दिउसो परेको भारी वर्षा र हावाहुरीका कारण बडीगाड गाउँपालिका वडा नं. ६ खालमा ३ घर विस्थापित भएका छन्। पानी संगै माथिवाट आएको भलले स्थानिय गोठे सार्कीको छाप्रे घर र चर्पी डुवेको छ भने गोपाल श्रेष्ठ र गंगे सार्कीको घरमा पनि क्षति पुगेको वडा अध्यक्ष मौसमकाजी क्षेत्रीले जानकारी दिउ ।
वर्षात पछी घ्वाङ् खोलामा रेलो (लेदो)सहित बाढी आएपछि घरहरुमा पसेको प्रत्यक्षदर्शी बताएका छन् । घ्वाङ् खोलामा रेलो सहित बाढी आएपछि मध्यपहाडी लोकमार्गको खाल बजार खण्ड झण्डै २ घण्टा वढी अवरुद्ध भएको थियो । रेलोले लोकमार्ग अवरुद्ध गरेपछि तत्कालै जेसीभी वोलाएर सडक खुलाइएको अध्यक्ष क्षेत्रीले ईबागलुङलाई जानकारी दिए ।
करिव १ घण्टा सम्म आएको पानी र हावाले अन्य स्थानमा पनि सामान्य क्षति पुर्याएको छ । ग्रामिण क्षेत्रमा खोलिएका सडक र वस्तिभन्दा माथिको जंगलहरुमा लागेको आगोका कारण नदी किनारका वस्तीहरु थप जोखिममा परेको स्थानियले वताएका छन् ।
घ्वाङ् खोलामा लेदो सहित आएको बाढीले दुई घण्टा लोकमार्ग अवरुद्ध, खाल बजारका तीन घर बिस्थापित !
२०७६ बैशाख ३०, सोमबार २०:०५
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ जेष्ठ ९, आईतवार ०८:२१
खर्वाङ आधारभुत स्वास्थ्य इकाइलाई स्वास्थ्य सामाग्रि हस्तान्तरण
२०७७ मंसिर ८, सोमबार ११:१३