Sorry, that menu does not exist.
 

विद्यामन्दिर माध्यमिक विद्यालय बागलुङको प्रधानाध्यापकमा ढकाल नियुक्त !

बागलुङ २०७६ जेठ १ । नेपालको पश्चिम क्षेत्रकै एक पुरानो विद्यामन्दिर माध्यमिक विद्यालय बागलुङको प्रधानाध्यापकमा सोहि विद्यालयका बरिष्ठतम शिक्षक शान्तमणि ढकाल नियुक्त भएका छन् ।

बरिष्ठताको आधारमा ढकाल प्रधानाध्यापक हुने निश्चित जस्तै भएपनी बागलुङ नगरपालिकाले ढकाल भन्दा बरिष्ठतम शिक्षकलाई विद्यामन्दिरमा सरुवा गरी ल्याएर प्रधानाध्यापक बनाउने कुत्सित उद्दश्यको व्यापक विरोध भएको थियो ।

स्मरणीय छ, निवर्तमान प्रधानाध्यापक जगन्नाथ आचार्य बरिष्ठतम शिक्षक रहँदा रहादैपनि आचार्यलाई प्रधानाध्यापक नियुक्ती नदिएपछी सर्वाेच्च अदालतको फैसला पश्चात आचार्य विद्यामन्दिर माबिको प्रधानध्यापक नियुक्त भएर २०७६ बैशाख २५ गते देखी उमेरको हदले अवकाश पाएपछी २०७६ बैशाख २६ गते देखी ढकाल प्रधानाध्यापकमा नियुक्त भएका हुन् ।

नवनियुक्त प्रधानाध्यापक ढकाल गोर्खा जिल्लाको शहीद लेखनाथ गाउँपालिका ७ का स्थायी निवासी हुन । उनी २०४९ साल देखी बागलुङ जिल्लाको नेपाल मावि तारा, २०५२ साल देखी २०६० साल अमलाचौर स्थित पृथ्वी मावि, २०६० सालदेखी देखी २०६६ साल सम्म नारायणस्थानको जनता धन मावि तत्पश्चात हालसम्म विद्यामन्दिर माविमा कार्यरत रहेका थिए ।

प्रधानाध्यापक ढकालले कक्षा १० सम्म गणित विषय र कक्षा ११ र १२ मा समाजशास्त्र विषय अध्यापन गर्दै आएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply