Sorry, that menu does not exist.
 

युवावर्ष प्रा बि ताराको ३४ औं बार्षिकोत्सब सम्पन्न !

पूर्णभद्र निउरे, ताराखोला २०७६ जेठ २ । ताराखोला युवा वर्ष प्राथमिक बिद्यालय ताराखोला गाउँपालिका ४ ताराको ३४ औं बार्षिकोत्सब तथा अभिभावक दिवस बुधवार सम्पन्न भएको छ । बार्षिकोत्सबको उदघाटन पछि बोल्दै ताराखोला गाउँपालिकाका शिक्षा शाखा प्रमुख उमानाथ अधिकारीले बिद्यार्थीको सिकाइ उपलब्धि वृद्धिका लागि शिक्षक अभिभावकहरुको भूमिका महत्वपूर्ण हुने बाल बालिकाको दैनिक क्रियाकलाप अबलोकन संगै उपयुक्त शैक्षिक बाताबरण तयार पार्न अभिभावकलाई अनुरोध गरेका थिए ।

बार्षिकोत्सबको अबसरमा आयोजित अन्तर प्रा बि स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सहभागी ८ बिद्यालय मध्य युवा बर्ष प्रा बि प्रथम, दुर्गा भवानी मा बि तारा व्दितिय र लावाङ प्रा बि तारा तृतीय भएका छ्न । हिँजै सम्पन्न पुरुष अभिभावकको कुर्सी दौड प्रतियोगितामा केदार भण्डारी प्रथम , दिल बहादुर घर्ती व्दितिय र दम प्रसाद घर्ती तृतीय भएको बिद्यालयका शिक्षक जित बहादुर घर्तीले जानकारी दिए ।

त्यस्तै महिला अभिभावकको टिकी टास्ने प्रतियोगितामा मनमती घर्ती ,लिलमाया घर्ती, अमृता रोकाले क्रमश प्रथम व्दित्तिय र तृतीय स्थान हासिल गरेका छ्न। पूर्व विद्यार्थी बिचको सामाजिक बिकृती नियन्त्रणमा विद्यार्थीको भुमिका बिषयक बक्तृत्वकला प्रतियोगितामा सुदिप निउरे प्रथम, इन्द्रकली कडेल दित्तिय र मनदेबी रोका तृतीय भएका छ्न।

२ दिन सम्म संचालित बार्षिकोत्सबको क्रममा बिद्यालयका आन्तरिक कार्यक्रम अन्तर्गत बेलुन फाइट , चक्लेट टिपाइ, हिसाब दौड , चम्चा दौड र बोरा दौड जस्ता कार्यक्रम समेत सम्पन्न गरेको छ ।

सो कार्यक्रम मा वडा न ४ का अध्यक्ष जित बहादुर खत्री , बि ब्या स सल्लाहकार संयोजक धन बहादुर खत्री , लावाङ प्रा बि ताराका शिक्षक लाल बहादुर खड्का लगायतले मन्तव्य राखेका थिए भने बिद्यालयका प्र अ पूर्णभद्र निउरेले बिद्यालयको आर्थिक तथा प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए।

कार्यक्रम विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोबिन्द लाल घर्तीको अध्यक्षता शिक्षक मन बहादुर घर्तिको संचालन र शिक्षक प्रेमकली खत्री को स्वागत मा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply