Sorry, that menu does not exist.
 

दलाल पुॅजीबादी, सामन्तवादको पुच्छर समातेर समाजवाद र सम्वृद्धिको वैतरणी पारगर्न सकिदैन – गुरुङ

थम्मन थापा, गल्कोट २०७६ जेठ २ । नेपाल कम्युनिष्ट पार्टी नेकपा गलकोट नगर कमिटीको आयोजनामा हटियामा कार्यकर्ता भेटघाट कार्यक्रम आज सम्पन्न भएको छ । कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालको समृद्वि र दिगो विकास अनि आर्थिक समृद्विको लागि पार्टी एकता भएको बताएका छन । दलाल पुॅजीबादी र सामन्तवादको पुच्छर समातेर समाजवाद अनि समृद्विको वैतर्णी तर्न नसकिने गुरुङको भनाई छ । लामो संघर्ष बलिदान र आन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्ने दायित्व नेपाल कम्युनिष्ट पार्टी नेकपाको काॅधमा रहेको भन्दै अब पार्टी पंक्ती र कार्यकर्ता एक ढिक्का भएर अगाडी बढने बेला आएको मुख्य मन्त्री गुरुङले बताए ।

मुख्य मन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले गलकोटलाई स्मार्ट सिटी बनाउन अध्ययन गर्ने, हटिया देखि ताराखोला हुॅदै म्याग्दी जोडने सडक, मल्म पाण्डवखानी, रणसिंहकिटेनी हुॅदै ढोरपाटन जोडने सडकको स्तरोन्नती सॅगै कालोपात्रे गर्ने, पर्यटकीय स्थल घुम्टे, ढोरपाटन लगायतका स्थलको विकास गरि पर्यटक आगमनमा वृद्वि गर्ने, कृषिको आधुनिकीकरण गर्ने, युवा स्वरोजगार, खानेपानी, स्वास्थ्य क्षेत्रको विकास र समृद्वि गर्ने लक्ष्यमा गण्डकी प्रदेश सरकारले निति तथा कार्यक्रमहरु अगाडी बढाएको जानकारी गराए ।

मुख्य मन्त्री पद सम्हालेपछि पहिलो पटक बागलुङको गलकोट आएका मुख्य मन्त्री गुरुङलाई कार्यकर्ताहरुले भव्य स्वागत समेत गरेका छन । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपा गलकोटले मुख्य मन्त्री गुरुङ समक्ष गलकोटमा एकिकृत ईलाका प्रशासन कार्यालय, गलकोटलाई स्मार्ट सिटीमा सुचिकृत, गलकोटको पर्यटकीय, सांस्कृतिक विकास तथा प्रवर्द्वनका लागि गुरु योजना निर्माण गरि कार्यन्वयनको व्यवस्था मिलाईदिन माग गरेको छ ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता कार्यकर्ता लगायतको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यकर्ता भेटघाट कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी नेकपा गलकोट नगर कमिटीका अध्यक्ष ललित श्रीसको अध्यक्षता, सदस्य कौशिला घर्तीको स्वागत र सचिव डम्मर श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply