Sorry, that menu does not exist.
 

रामु गौतम बचाउ अभियानमा संकलित ३ लाख ८० हजार जापानी यन रकम हस्तान्तरण !

पूर्ण भद्र निउरे, ताराखोला २०७६ जेठ ३ । ताराखोला समाज जापानको नेतृत्वमा रामु गौतम बचाउ अभियानमा जापानमा संकलित रकम हस्तान्तरण गरिएको छ । क्षयरोगबाट ग्रसित भै बिगत ३ महिना देखि जापान कै Yokohama municipal citizen hospital मा उपचाररत रामु गौतमलाई हस्पिटल मै पुगेर जापानमा संकलित रकम ३ लाख ७९ हजार ९ सय ३४ जापानी यन हिजो हस्तान्तरण गरिएको र नेपालमा परिवारलाई अन्यत्रबाट संकलित रकम रू १७००० हस्तान्तरण गरिने कुरा ताराखोला समाज जापानका महासचिव बुद्धि बहादुर थापाले जानकारी दिए ।

ताराखोला गाउँपालिका ५ तारा लावाङ स्थायी ठेगाना भएका ३७ बर्षिय गौतम ३ बर्ष अघिदेखि रोजगारीको सिलसिलामा जापानमा कार्यरत थिए । यसअघि जापानमै बिरामी परेपछि उहाँका निकटका साथीभाइ, आफन्तजनको सहयोगमा उपचार खर्च जुटाइ नेपाल फर्केर उपचार गरेर निको भएपछि ५ महिना अगाडी जापान पुगेका थिए ।

क्षयरोग लागेका रामु उपचार पछि पटक पटक निको हुदै पुनः स्वास्थमा गम्भीर समस्या देखिने गरेको र हस्पिटल भर्ना भै लामो औषधि सेवन गरि रहनु पर्ने पारिवारिक अबस्था कमजोर रहेको पाइएकोले उपचारमा सहयोग पुर्याउन अभियान संचालन गरिएको ताराखोला समाज जापानका अध्यक्ष केदार थापाले बताए।

२० दिन अगाडि मात्र आफू हस्पिटलमा उपचारको क्रममै रहदा नेपालमा आफ्नी आमाको मृत्युका कारण मातृशोकमा परेका रामु गौतममा घरमा २ कलिला बालबालिका र श्रीमती भाडामा बस्दै आइरहेकाे स्थानीयले बताएका छन ।

रकम हस्तान्तरणका क्रममा ताराखोला समाज जापानका अध्यक्ष केदार थापा, महासचिव बुद्धि बहादुर थापा,सचीब बिष्णु के सी कोषाध्यक्ष डम्मर ब घिमिरे र सल्लाहकार तेज बहादुर राना लगायतको टोली हस्पिटलमा पुगी बिरामीको रेखदेख गरिरहेका बिरामीका आफन्त दण्डपानी कडेल (राजु) को रोहावरमा रकम हस्तान्तरण गरिएको बुद्धि बहादुर थापाले बताए ।

आर्थिक संकलन अभियानमा नेपालबाट बिभिन्न सिलसिलामा जापानमा बस्नुहुने नेपालीहरुले स्वेच्छिक रुपमा सहयोग प्रदान गरेका थिए । एक हप्ता चलाईएको अभियानमा साथ दिने सबै सहयोगीदातालाई ताराखोला समाज जापान कार्य समितीले धन्यबाद ज्ञापन सङ्गै आगामी दिनमा पनि मानबीय र समाजिक सेवाका लागि चलाइने अभियानमा यसैगरी साथ र सहयोगको लागि नेपाली समुदायमा अपेक्षा रहेको समितीले बताएको छ।

सामाजिक सेवामा समर्पित हुने उदेश्यले केही समय अगाडि रोजगारीको क्रममा ताराखोलाबाट जापानमा कार्यरत नेपालीहरुको भेलाबाट गठन भएको ताराखोला समाज जापान विभिन्न सामाजिक सेवा र मानबिय सेवाका कार्यमा तल्लिन रहदै आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply