Sorry, that menu does not exist.
 

पाण्डवखानी समाज यूकेव्दारा गाँउको कला संस्कृतिको संरक्षण लागि आर्थिक सहयोग !

कौरव खत्री गल्कोट २०७६ जेठ ५ । पाण्डवखानी समाज यूकेद्धारा गाँउको एक संस्थालाई नगद आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ ।

शनिवार गल्कोट नगरपालिका १० पाण्डवखानीमा जन्मेर हाल यूकेमा छरिएर रहेका यस क्षेत्रका २९ जना व्यक्तिहरुले आर्थिक संकलन जुटाएर सोही नगरपालिकाको वडा नं. १० पाण्डवखानीमा रहेको घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च पाण्डवखानीलाई शनिवार मञ्चको ३३ औ बार्षिक उत्सवको समापन समारोह पाण्डवखानी समाज यूकेका सह उपाध्यक्ष हिरा बहादुर थापाव्दारा नगद रु.१ लाख,६३ हजार,६सय,७५ रुपैया मञ्चलाई हस्तान्तरण गरेका थिए ।

उक्क्त आर्थिक सहयोग स्थानीय कला संस्कृतिको संरक्षण र प्रर्वद्धर्नका गर्नका लागि सहयाग गरिएको पाण्डवखानी समाज यूकेका सह उपाध्यक्ष हिरा थापाले ईबागलुङलाई जानकारी दिए ।

उक्क्त रकमले मञ्च मार्फत स्थानीय कला संस्कृतिको संरक्षण र प्रर्वद्धर्नका लागि निकै सहयोग पुगेको घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च पाण्डवखानी का सचिव दिप घर्तीले बताए ।

पाण्डवखानी समाज यूकेले विगत लामो समयदेखी वदेशमा रोजगारीको शिलशिलामा रहेर आफ्नो जन्मभूमि र गाँउठाँउ सडक निर्माण तथा विद्यालयहरुको विकास र समृद्धिका लागि समाज यूकेले सहयोग आएको समाज यूके सह–उपाध्यक्ष थापाले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply