बागलुङ २०७६ जेठ ७ । बागलुङ जिल्लाको रामरेखा आधारभूत बिद्यालयमा अध्ययनरत शारीरिक अपाङ्गता भएका बिद्यार्थीलाई ह्वील चियर सहित शैक्षिक सामग्री प्रदान गरिएको छ ।
एमएमएस इभेण्ट ग्रुप डेनमार्कले पोखरा सुकुम्बासी बस्तीका ७ बर्षिय सुषमा रुचाललाई हिड्डुल गर्न आवश्यक ह्वील चियर सहित शैक्षिक सामग्री प्रदान गरेको हो । पत्रकार महेशकुमार खाती, महेन्द्र खड्का र सोवित जिसीले बिभिन्न कार्यक्रम गर्न, सामाजिक परोपकारका काम गर्न संयुक्त रुपमा एमएमएस ग्रुप बनाएका हुन् । ग्रुपका तर्फबाट पठाइएको रकमबाट ल्याइएको ह्वील चियर र शैक्षिक सामग्री नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीसले बिद्यार्थी सुषमा र बिद्यालयका प्रधानाध्यापक धनकुमारी पराजुलीलाई हस्तान्तरण गरेका थिए ।
रुचाल अपांगताका कारण जन्मदेखी आमा बुवाको माया अभिभावकत्वबाट बञ्चित छिन् । जसका कारण पठन पाठन, हिड्डुल गर्न पनि समस्या भएको समाचार देखे पछि ह्वील चियर सहित शैक्षिक सामग्री सहयोग गरिएको पत्रकार महेशकुमार खातीले बताए । ‘यो ठुलो सहयोग र प्रचारका लागि कदापी होइन’, उनले भने, ‘सानो सहयोगले बालिकाको हिड्डुल र पठन पाठनमा सहज होला भन्ने हिसावले सहयोग गरेका हौ ।’
हाल रामरेखा आधारभुत बिद्यालयमा कक्षा २ मा अध्ययनरत रुचाल ह्वील चियर नहुँदा घस्रेर हिड्दा घुडामा घाउ बनेको छ । रुचाललाई बाआमाको अभिभावकत्व प्राप्त नभए पनि हजुरआमा पवित्रा रुचालले हुर्काउदै पढाउदै आएकी थिइन् । यस ग्रुपले दुई महिना अघि गुल्मीमा रहेको अटिजम पाठशालालाई एक लाख ४७ हजार सहयोग गरेको थियो ।
सोही अवसरमा बिद्यालयका लागि आवश्यक अर्को एक ह्वील चियर समेत तेजप्रसाद न्युरेको पहलमा