भरत सापकोटा विहुँ बागलुङ २०७६ जेठ ८ । बागलुङ सदरमुकाम देखी पश्चिममा रहेको बिहुँ भीषण हावा हुरीले अन्धकारमय बनेको छ । केहि समय अघी गल्कोट हटिया बजारमा पनि भीषण हावाहुरी चलेको थियो भने हरिचौरमा एकक्षण असिना पानी परेको स्थानीयले जानकारी दएका छन् । गल्कोट मल्मबाट सहकर्मी मित्र खरेलले दिएको जानकारी अनुसार एकै क्षण वर्षा भएपनि कुनै नोक्शानी भने पुराएको छैन ।
बिहुँमा साँझ पख चलेको हावाहुरी सहितको वर्षाले कहाँ के कति क्षेती पुगेको छ भन्ने विवरण प्राप्त भएको छैन । हावाहुरी सँगैको असिना वर्षाले जनजीवन प्रभावित बनेको छ ।
अहिले बागलुङ सदरमुकाम सहित जिल्लाका विभिन्न भागहरुमा वर्षा भैरहेको समाचार प्राप्त भएका छन् ।