Sorry, that menu does not exist.
 

वर्षा संगै गौदी खोलामा आएको भीषण बाढीले बजिनी, निग्राह पुल्चोक बस्ती जोखिममा !

गुमानसिँह भण्डारी, गल्कोट २०७६ जेठ ९ । गल्कोट नगरपालिका २ नरेठाँटीको बजिनी, निग्राह, पुलचोक बस्ती गौदी खोलाको उच्च जोखिममा परेको छ । गत बैशाख १, २ गते र जेठ ८ गतेको भीषण बर्षातले गौदी खोलामा आएको बाढीका कारण नरेठाँटीको १ घर बिस्थापित बनेको छ भने ५ घर जोखिममा परेका छन । जेठ ८ गते बुधबार आएको बाढीका कारण गल्कोट नगरपालिका २ नरेठाँटीको निग्राहबाट खोलाको सतह मोटरबाटो सम्म आएका कारण खोला बस्तीमा पस्न सक्ने सम्भावना बढेर गएको वडा अध्यक्ष हिम बहादुर भण्डारीले ईबागलुङलाई जानकारी दिए ।

ढुङगा र बालुवाले गर्दा खोला र मोटरबाटोको सहत बराबर भएको छ । नरेठाँटी देखि दुदिलाभाटी जोडने मोटरबाटोबाट खोला पस्न सक्ने भन्दै स्थानिय त्रसित बनेका भण्डारिको भनाई छ । दिनहुँ भारी बर्षात हुन थालेपछि खोला आसपासका स्थानियहरू रातको समयमा जाग्राम बस्न बाध्य छन । समयमै ग्याविन जाली लगाई खोला ब्यवस्थापन गर्न नसके खोलाले ठुलो धनजनको क्षति पुयाउन सक्ने स्थानियको भनाई छ ।

खोलाले दिनप्रतिदिन घ रनजिकको जग्गा कटान गर्न थालेपछि छविलाल बिकको घर बिस्थापित बनेको हो भने किराना पसल गर्दै आएका दिलिप केसीको परिवार समेत अन्यन्त्र बसाई सरेका छन । वडा कार्यालयले तत्काल ग्याविन जाली खरिद गरी तटबन्ध निर्माण गरिने अध्यक्ष भण्डारीले ईबागलुङलाई बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply