बुर्तिवाङ २०७६ जेठ १० । ढोरपाटन नगरपालिका बुर्तिवाङका निर्माण व्यवसायी दीपक कुमार अदैले बिहीबार एक विज्ञप्ती प्रकाशित गर्दै राष्ट्रिय जनमोर्चा ढोरपाटन नगर कमिटिले ढोरपाटन नगरपालिकाको कार्यशैली प्रति बिरोध प्रचार गर्दा आफ्नो नाम जोडिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । । ‘उति बेला कोहि नबोल्ने, सबैले लौ न हजुर, भन्ने अहिले आएर राजनीतिक टिकाटिप्पणी र दाउपेचको आधारमा व्यक्तिको नाम किटान गर्ने ? भनी आक्रोश व्यक्त गरेका छन् ।
निर्माण व्यवसायी अदैले विज्ञप्तीमा गत साउन १ गते देखि कैयौ दिन बतासेखोला र साउनेखोला (भगवती मन्दिरमा आउने खोला)मा भलबाढी आएपछी ग्यावीन जाली लगाउने बिषयमा ढोरपाटन नगरपालिकाले तत्काल विपद ब्यावस्थापन गर्न भनि म र गुन्ज भण्डारीलाइ तटबन्धनको लागि जिम्मा दियो ।आपतकालीन अवस्थामा बुर्तिवाङमा ग्याविन जाली कोहि कसैसँग थिएन । मैले मेरो निर्माण साइटको लागि लिएको करिव ७५० घनमिटर जाली नै प्रयोग गरे । केहि जाली अरुसंग पनि लिए । मसँग स्टक भएको हुनाले पनि नगर प्रमुख,वडा अध्यक्ष लगायत अन्यले मलाइ र गुन्ज भण्डारीलाइ जिम्मा दियो । किनकि यो कामको पैसाको टुंगो थिएन ।आर्थिक बर्ष सकिएको हुनाले कहाँदेखि भुक्तानी हुने हो हामी आफै अन्यौल थियौं । लगानी गर्न कोहि तयार थिएन किनकि ग्याबिन जाली ल्याउनको लागि अग्रिम भुक्तानी गर्नुपर्दछ । जाली भर्दै गर्दा दिनहु भल आउथ्यो र जालीमा ढुंगा नभरी गेगर आएर पुर्थ्यो तर पनि हामी विपदमा पछी परेनौ । बाटो नभएको हुनाले ढुंगा बोक्न पनि गाह्रो थियो । त्यो बेला आम जनसमुदाय लगायत इन्जिनियर,सब इन्जिनियरले नै देखेका छन् कति र कसरि ग्याविन जाली भर्यौ भन्ने तर नगरपालिकाले धेरैपछी ४५ लाख मात्र भुक्तानी गर्यो । हामीले त्यो भन्दा बढी काम गरेका छौ । ठेक्का पनि नभएको र इस्टिमेट पनि नभएको हुनाले जिल्ला दर रेटको आधारमा भुक्तानी गर्नुपर्ने हुन्छ । जिल्ला दर रेटको आधारमा भुक्तानी गर्ने भए हाम्रो बिल ५७।५८ लाख बन्छ । अहिले पनि त्यो जाली यथावत नै छ । कस कसले चेकजाच गर्ने हो क्वान्टिटी (परिमाण) हामी छर्लङ्ग देखाईदिन सक्छौ । उति बेला कोहि नबोल्ने सबैले लौ न हजुर भन्ने अहिले आएर राजनीतिक टिकाटिप्पणी र दाउपेचको आधारमा व्यक्तिको नाम किटान गर्ने ? भनी आक्रोश व्यक्त गरेका छन् ।
उनले विज्ञप्तीमा भनेका छन्,’मैले त वडाभरि नै चलाएको पैसा घण्टा बेसेस र टिपमा पो लिएको हुरु काम गराउने बेला हुकुमी शैलीमा गराउने भुक्तानी गर्ने बेलामा राजनीतिक दाउपेचरु २१र२२ घण्टा मात्र मेरो अगुवाईमा भएको छ जुन दिन सिमसारमा भल आयो बकेटले मान्छे उद्दार गरेको थिए । विपतमा काम गराए पछी भुक्तानी गर्नुपर्छ । मैले सबमिट गरेको बिलको एट्याच्चमेन्टमा कहाँ,कति,कसको आदेश सबै लेखेको छ र वडा कमिटिको अगुवाईमा भएको छ । गएर हेर्नुस कहाँ कति भन्नेरुछानबिन गर्नुसरुम आवर बेसेसमा काम नगर्न पनि सक्थेरु विपद भन्दै कहिले वडा अध्यक्षरुकहिले वडा सदस्यरुकहिले नगर प्रमुखरुकहिले पुलिस प्रसासनरु अहिले आएर नाटकरु श्रम बेचेर काम गरेको पैसा लिएको छु । डकुमेन्ट मिलाएर घुस खुवाउने बानी छैनरुदिपक अदै सुबिधा सम्पन्न जागिर छोडेर आएको हो ।पैसोको लागि मरिहत्ते गर्दैनर ? कर्म गर्दछ धेरै फलको आशा गर्दिनर ? कसैले दम्भ नदेखाउदा हुन्छ ।’