Sorry, that menu does not exist.
 

गल्कोट हटियामा १७ लाखको लागतमा अपांगमैत्री शौचालयको निर्माण सुरु !

गुमानसिँह भण्डारी गल्कोट २०७६ जेठ १० । गल्कोटको हटियामा १६ लाख ८२ हजारको लागतमा अपाङ्ग मैत्रि अत्याधुनिक सार्वजनिक शौचालय निर्माण सुरू गरिएको छ । प्रदेश सरकारको सहलगानी कार्यत्रmम अन्तर्गत भवन डिभिजन कार्यालयको ९ लाख ५० हजार र गल्कोट नगरपालिकाको ७ लाख ३२ हजारको लागतमा गल्कोटको हटिया शिवालयघाटमा शौचालय निर्माण कार्य सुरू गरिएको वडा नम्बर ३ का अध्यक्ष वीरजङ भण्डारीले बताए ।

गल्कोट क्षेत्रको केन्द्रबिन्दुमा रहेको हटिया बजारमा दिनप्रतिदिन मानिसहरूको भिडभाड बढन थालेपछि वडा कार्यालयको पहलमा सार्वजनिक शौचालयको निर्माण सुरू गरिएको अध्यक्ष भण्डारीले बताए ।

गल्कोट एम एमको भवन आडमा रहेको हटियाको पुरानो शौचालय ब्यवस्थित नहुदा हटियाबजारमा आउने यात्रु तथा सर्वसाधारणलाई समस्या पर्ने गरेका कारण शौचालयको आवश्यकता अनुरूप योजना समावेश गरि काम अगाडि बढाईएको वडा सदस्य झहर बहादुर खत्रीको भनाई छ । पुरानो शौचालयमा महिला र पुरूषको छुट्टा छुट्ट कोठा भएपनि अपाङ्ग मैत्री नहुदा अपाङ्गहरूले समेत समस्या झेल्न बाध्य थिए । अहिले ३ कोठा सहित अपाङ्ग मैत्री सार्वजनिक शौचालय निर्माण गरिएको खत्रीले बताए र ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply