Sorry, that menu does not exist.
 

सदरमुकाम कुस्मामा प्रदेशस्तरीय स्वास्थ्य सम्वन्धित कार्यक्रम सम्पन्न !

निर्मल पौडेल, पर्वत २०७६ जेठ १० । कुस्मा नसर्ने रोगले विश्वमा धेरैको मृत्यु हुनथालेपछि गण्डकी प्रदेशले सचेतना कार्यक्रम सञ्चालन गरेको छ । मेरो वर्ष, म स्वस्थ्य, मेरो देश स्वस्थ्य भन्ने मुल नाराका साथ गण्डकी प्रदेश समाजिक विकास मन्त्रालय तथा स्वास्थ्य कार्यालयको आयोजनामा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो ।

६० प्रतिशत नसर्ने रोगका कारण मानिसको मृत्यु हुने गरेको र यसको निराकरणको लागि सबैको सक्रियता आवश्यक रहेको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख सजिना महर्जनले बताईन ।

जिल्ला स्वास्थ्य कार्यालयमा गतवर्ष नसर्ने रोग अन्तरगत मुटुरोग, क्यान्सर र मृगौला सम्वन्धि रोगबाट एक सय ५९ जना विरामीलाई सहयोगका लागि सिफारिस गरिएको उनको भनाई थियो ।

जिल्ला अस्पताल १५ बाट ५० सैयामा लैजान थालिएको, पोषण पुनस्थापना केन्द्र, आखाँ तथा दन्तसेवा, एक्सरे सेवा, थाईराईड परिक्षण सेवा, एपेन्डिक्स, हाईड्रोसिल, भ्यासेक्टोमी, फिमोसिस, जटिल सुत्केरी लगायतका सेवा प्रदान गरिएको पर्वत जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply