Sorry, that menu does not exist.
 

वर्तमान सरकारले लोकतन्त्रको बदनाम गरायो – नेता भण्डारी

छविलाल पाण्डे, बुर्तिवाङ २०७६ जेठ १० । नेपाली काँग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले वर्तमान नेकपााको सरकारले दर्जनौँ अराजक गतिविधी अँगाल्दै लोकतन्त्रलाई धरापमा पार्न
खोजीरहेको बताएका छन् ।

बुर्तिवाङ बजारमा आज आयोजित नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गतक बृहत सभालाई सम्बोधन गर्दै नेता भण्डारीले सरकारले ग िररहेका नकारात्मक गतिविधीको भण्डाफोर गर्नका निम्ती प्रतिपक्ष दल नेपाली काँग्रेसले हिमाल, पहाड, तराइ मदेशमा तीन महिने राष्ट्रिय जागरण अभियान लिएर आएको बताए । नेपाली काँग्रेस पार्टीलाई थप शसक्त बनाउँदै वर्तमान सरकारले गरिरहेका गलत क्रियाकलापबाट जनतालाई सजग बनाइरहेको अुलासा समेत गरे ।

वर्तमान दुइतिहाइको नेकपा सरकारले जनताको समृद्धिका निम्ती अति आवस्यक शिक्षा, स्वास्थ्य, स्वरोजगार जस्ता आवस्यकतालाई लत्याएर पानी जहाज, रेलको सपना मात्र देखाउने तर कार्यान्वनमा जनताको मन जित्ने खालका कुनै योजना नलिएको आरोप लगाउँदै भष्ट्राचार, अनियमितता, हत्या, हिँसा, बलात्कार जस्ता दर्जनौँ काण्डमा सरकार फसिरहेको बताए ।

सरकारले प्रेस स्वतन्त्रता, नागरिकको लोकतान्त्रिक सँस्कारलाई निमिट्यान्न पार्दै राणा शाशन जस्तौ एकलौटी गर्न खोजीरहेको आरोप लगाउँदै वर्तमान सरकारले जनताका निम्ती कुनै उपलब्धि नदिने टिप्पणी गरे ।

जनताको हक,अधिकार र अति आवष्यक पुर्ण विकासको थालनी नेपाली काँग्रेस पार्टीले विगत देखि वर्तमान सम्म गरेको बताउँदै कम्युनिष्ट पार्टीले सँधै काँग्रेसको सिको गर्न खोज्ने तर काम फत्ते गर्न नसक्ने परिपाटी भएको बताउँदै कुरामात्रै बढि गरेर जनतालाई चकित पार्ने काम भएको बताए ।

नेता भण्डारीले ढोरपाटन नगरपालिकामा नगरप्रमुख देवकुमार नेपालीले गरीव,दलीत जनताको हक अधिकारका निम्ती काम गर्छु भन्दै हिँडेपनी कुनै उपलव्धीमुलक काम गर्न नसकेको बताए । नगरप्रमुख नेपालीँले गरिरहेका कामले आफुहरु आजित भइसकेको जनगुनासो बृद्धि भएको बताउँदै भण्डारीले जनताको हक, अधिकार र विकास निर्माण गरेर समृद्धि ल्याउन पैसाले जनता किनेजस्तो सम्भव नहुने बताउँदै भिजन
र सबैसँग सम्मन्वय विना अगाडी बद्न नसकिने जिकिर गरे । जनताको हक अधिकार, विकास र समृद्धिका निम्ती काम नगर्ने परिपाटीको अन्त्य गर्न खवरदारी स्वरुप कडा रुपमा प्रस्तुत हुन आफना नेता कार्यकर्तालाई आग्रह गरे ।

त्यस्तै काठमान्डौमा बस्दै आएका बुर्तिबाङका सँगिन जिसीको हत्या भएको एकबर्ष वित्नै लाग्दा समेत सरकारले हत्यारा पत्ता लगाउन दवाव स्वरुप स्थानीयले आन्दोलन गर्दै गर्दा ढोरपाटन नगरप्रमुखले समेत धम्की दिएको जनगुनासो रहेको नेता भण्डारीको आरोप थियो ।

आफनो पार्टीले सालझण्डी ढोरपाटन सडक, अर्नाकोट एयरपोर्ट, ढोरपाटन जलविधुत आयोजना लगाएतका महत्वपुर्ण आयोजनालाई समयमै सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराइरहेको बताए ।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापती दिपेन्द्र बहादुर थापाले बोल्दै आफनो पार्टी जनताको पार्टी रहेको बताउँदै जनताको सुख दुख बुझ्न जनताको घर आँगनमा जागरण अभियान सहित उपस्थित भएको बताए ।

तिन चरणको अभियानमा आफुहरु जनताको घरदैलोमा पुगि वर्तमान केपी ओली सरकार र स्थानीय सरकारले गरीरहेको कामको बारेमा सचेत वनाउने बताउँदै सँगठन विस्तारलाई अगाडी बढाइने थापाले बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका पूर्व राज्य मन्त्री चम्पादेवी खड्काले बोल्दै वर्तमान सरकारले जनताका आवस्यकता भन्दा बढि रेल, पानी जहाज जस्ता गफमा व्यस्त रहेको बताउँदै आधारभुत आवश्यकतालाई ध्यान नदिएको आरोप लगाईन । सरकारको यस्तै गतिविधी बढिरहे देशले समृद्धि नपाउने उनको भनाई थियो ।

कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं.२ सभापती दोर्णकुमार कुवँरले बोल्दै वर्तमान सरकारको खवरदारी गर्न नेपाली काँग्रेस गाउँ, टोलटोलमा आएको बताउँदै अव भष्टाचारी , दलाल र जनताको हित विपरीत काम गर्नेलाई खवरदारी गर्ने बताउँदै लोकतन्त्रको विरुद्ध काम गर्ने जनताको नाममा झुटको खेती गर्नेलाई जनताले अव नछोड्ने बताए ।

ढोरपाटन एयरपोर्ट, ढोरपाटन बन्ने भनीएको जलविधुत आयोजना, सालझण्डी ढोरपाटन सडक, ढोरपाटन हाई अल्टिीच्यूुड खेलमैदान अगाडी बद्न नसक्नुमा नेकपा सरकारको कमजोरी रहेको उल्लेख गर्दे यस क्षेत्रको विकास र समृद्धिका निम्ती जनतासँग सँधै हातेमालो गर्ने पार्टी नेपाली काँग्रेस रहेको उल्लेख गरे । उनले यहाँका जनताको हक, अधिकार र विकासका निम्ती नगरपालिकाले कुनै उपलब्धी हासिल गर्न नसकेको बताउँदै सच्चियर जनहितमा लाग्न अनुरोध गरे ।

ढोरपाटन नगरपालिकाले निसीभुजी जनता क्याम्पसमा विपनयोजन भएको बजेट खानेपानी निर्माणमा प्रयोग गरीएको, वसपार्क निर्माणका निम्ती नदी किनारमा पैसा खनाएर प्रयोग विहिन गराएको, गाउँदेखि बजार सम्म खानेपानीको हाहाका भइरहँदा स्थानीय सरकार मौन बसिरहेको आरोप लगाउँदै यस्तै अवस्था रहिरहे अव जनताले सहेर नवस्ने कुँवरले चेतावनी दिएका थिए ।

कार्यक्रममा पुर्व साँसद एवम नेपाली काँग्रेस महादिवेश प्रतिनिधी नरबहादुर पुन (निरज), महाधिवेशन प्रतिनिधी सागर छन्त्याल, जित शेरचन, टेकराज पौडेल, सिँहबहादुर राना, सोम पौवी, नेपाली काँग्रेसको तर्फदेखि ढोरपाटन नगपालिका उपप्रमुखकी उमेद्वार दिलमाया पौवीको मन्तव्य रहेको थियो ।
कार्यक्रममा नगरपालिका अन्र्तगत विभिन्न वडाका गरी एकदर्जन कार्यक्रता विभिन्न पार्टी परित्याग गर्दे नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
कार्यक्रमको विषय बस्तु बारे नेपाली काँग्रेस जिल्ला सदस्य तारानाथ पौडेलले प्रकाश पारेको कार्यक्रम ढोरपाटन नगर सभापती सालिकराम शर्माको अध्यक्षता, वानबहादुर छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply