झम सिर्पाली, निसिखोला बागलुङ २०७६ जेठ १२ । निसिखोला गाउँपालिका वडा नं २ अर्नाकोट देउरालीमा अध्ययनरत २ सय ३७ जना विद्यार्थीहरुलाई एक कार्यक्रमका विच छात्रवृत्ति वितरण गरिएको छ ।
कर्मफ्लाईट्स फाउन्डेसन पोखरा कास्कीको सहयोग एवं विद्यालयको आयोजनामा सम्पन्न आफन्तजन छात्रवृत्ति परियोजना कार्यक्रममा निसिखोला गाउँपालिका वडा नं २ का वडाध्यक्ष कुविर विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा कक्षा १ देखि कक्षा ८ सम्मका दुईसय अठार जना विद्यार्थीहरुलाई प्रती विद्यार्थी तीन हजार रुपैयाँ मूल्य बराबरको झोला, स्कुल ड्रेस, स्विटर, कापी, सिसाकलम, टुथपेष्ट, टुथब्रस र अर्नाकोट आधारभूत विद्यालयबाट पढेर गई अहिले कक्षा ९ देखि १२ सम्ममा पढ्दै गरेका विभिन्न १९ जना विद्यार्थीहरुलाई प्रती विद्यार्थी ५ हजार रुपियाँ नगद तथा ३ हजार बराबरको शैक्षिक सामग्री गरि कुल आठ हजारको छात्रवृत्ति प्याकेज हस्तान्तरण गरिएको फाउन्डेसनका निर्देशक प्रेम बहादुर कुवँरले जानकारी दिए।
त्यस्तै राज्यद्वारा निर्माण गरिको छात्रवृत्ति मापदण्ड अनुसार छात्रवृत्ति प्राप्त गर्नबाट बन्चित अन्य जातिका ४८ जना छात्र विद्यार्थीहरुलाई समेत सरकारी स्केल अनुसारकै छात्रवृत्ति प्रतिविद्यार्थी रु४ सय समेत उपलब्ध गराईएको निर्देशक कुवंरले बताए । दलित छात्रछात्रा र जनजाति तथा अन्य जातिका छात्रालाई मात्रै छात्रवृत्ति दिने सरकारको व्यवस्थाका कारण अन्य एवं जनजातीका छात्र विद्यार्थीहरु छात्रवृत्तिबाट छुट्ने भएकाले उनिहरुलाई पनि समान व्यवहारको प्रत्याभूति दिलाई प्रोत्साहित गर्न आफ्नै खर्चमा छात्रवृत्तिको व्यवस्था गरेको फाउन्डेसनले जनाएको छ ।
छात्रवृत्ति वितरण पछि सबै विद्यार्थी एवं अभिभावकहरुमा हर्ष छाएको थियो भने प्रमुख अतिथी विस्वकर्माले विकासको काममा साझेदारी गरेकोमा फाउन्डेसनलाई धन्यवाद दिँदै जनतासंग प्रत्यक्ष सरोकार राख्ने काममा धेरै काम गरेको भन्दै फाउन्डेसनको प्रशंसा समेत गरेका थिए।
विद्यालयका पुर्व प्रधानाध्यापक झम बहादुर कुवँर, शिक्षक अभिभावक संघका अध्यक्ष टेक बहादुर कुवँर , भुतपुर्व व्यवस्थापन समिती अध्यक्ष ओम बहादुर रसाईली ,स्थानिय समाजसेवी लगायतको आतिथ्यता एवं अभिभावक, शिक्षक, तथा विद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रम विद्यालयला व्यवस्थापन समिती अध्यक्ष लाल बहादुर कुवँरको अध्यक्षता, शिक्षिका पार्वती जिसीको स्वागत एवं प्रधानाध्यापक बेग बहादुर कुवँरको संचालनमा सम्पन्न भएको थियो ।