बुर्तिवाङ, २०७६ जेठ १३ । ढोरपाटन नगरपालिकाको बुर्तिवाङ बजार स्थित रिभरहेड बोर्डिङ स्कूल नजिकै सडकको कुनामा फेला परेको शंकास्पद बस्तु बम नभभएर ईट्टाको टुक्रालाई बेरेर राखिएको प्रहरीले जनाएको छ ।
बिहान बम जस्तो देखिने शंकास्पद बस्तु भेट्टिएको सनसनीपूर्ण खबरले बुर्तिवाङ बजारबासी डराएर बिहान खोलेको पसलहरुपनि हतार हतार बन्द गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले बिहान सडकको कुनामा फेला परेको पोको कुनै बम नभएर ईट्टाको टुक्रालाई बेरेर आतंक फैलाउने उद्देश्यले राखेको हुन सक्ने आशंका व्यक्त गरे ।
ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक ओमप्रकाश यादवका अनुसार नेपाली सेना र प्रहरीले उक्त शंकास्पद बस्तु डिस्पोज गर्दा ईटाको टुक्रालाई बेरर राखेको पुष्टि भएको छ ।
अहिले बुर्तिवाङ बजारको स्थिति सामान्य रहेको पनि प्रहरी निरीक्षक यादवले ईबागलुङलाई बताए ।
आज विहानै सदरमुकाम बागलुङ बजारको शिवधारा चोकमा फेला परेको शंकास्पद बस्तुपनि बम नभएको पुष्टी भएको थियो । माटोलाई पोको पारेर दुइटा तार राखी बम आतंक मच्चाउन खोजिएको स्थानीयले बताएका छन् ।
बुर्तिवाङ र हटिया बजार बन्द : सवारी ठप्प, शैक्षिक संस्था खुलेनन्, बडीगाड, बन्दको प्रभाव मुक्त !