साधना पन्त, बागलुङ, २०७६ जेठ १४ । नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले सिक्ने र सिकाउने प्र्रक्रिया जीवनको अन्तिम समय सम्म चलिरहने भएकाले सिक्न तत्पर हुनु पर्नेमा जोड दिएका छन् । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले मंगलबार देखि बागलुङ बजारमा सञ्चालन गरेको आधारभूत उद्घोषण तथा पत्रकारिता तालिमको उद्घाटन गर्दै शिरिषले यस्तो बताएका हुन् ।
जन्मेको केहि महिनामै बोल्न सिके पनि बोल्ने कलाको सिकाई जीवन भर नसकिने उनको भनाई थियो । ‘समय परिस्थिति र परिवेश अनुसार बोली बेचेर खान सकिन्छ,े, सबैले सुनौ सुनौ लाग्ने गरि बोल्ने या कसैले सुन्नै नचाहने गरि बोल्ने यो पनि एउटा कला हो, मिठो बोलीले सबैको मन जित्न सकिन्छ, शिरिसले भने बोल्न त हामी सबै बोलिरहेका छौं त्यही बोलिलाई मिठास भरेर बोल्ने कला सिक्नुपर्छ ।’
तालिमको उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु)ले तालिमलाई व्यवहारमा उतार्न नसक्ने हो भने सिकाईको अर्थ नहुने बताईन । ‘उद्घोषण तथा पत्रकारिता तालिम लिएर सबै पत्रकार हुनुपर्छ भन्ने होइन जिसीले हामीले आफुले बोल्ने शब्द र उचित स्थानको छनौट गर्न सक्यौ भने धेरै ठुलो सिकाई हुन्छ जिसीको भनाई थियो ।
कार्यक्रममा संस्थाका प्रबन्धक दिपकराज सापकोटाले आदर्श सञ्चार सहकारी संस्थाले बचत र ऋणको कारोबार मात्र नगरेर सामाजिक कार्यहरु गर्दै आएको बताए । उनले धौलागिरिमा पहिलो सञ्चार सहकारी संस्थाको रुपमा २०६३ सालमा शुरु भएको आदर्शमा १ हजार ३ सय २० जना शेयर सदस्य, ३ करोड शेयर पूँजी, १४ करोड निक्षेप र १५ करोड कर्जा लगानीमारहेको जानकारी गराएका थिए ।
तालिमको पहिलो दिन सहभागिहरुलाई संस्थाका सह–सम्पादक सिर्जना पन्तले उद्घोषण कला सम्बन्धी प्रशिक्षण दिनु भएको थियो । १४ गतेदेखि सुरु भएको तालिम १८ गते सम्म सञ्चालन हुने संस्थाले जनाएको छ । तालिममा विद्यार्थी, गृहणी र विभिन्न संघ संस्थामा आवद्ध महिला पूरुष गरी २० जनाको सहभागिता रहेको छ ।