बुर्तिवाङ २०७६ जेठ १४ । गत २०७५ साल माघ २० गते आफ्नै विद्यालयको कक्षा २ मा अध्ययनरत ५ बर्षिय बिद्यार्थी सन्जय विक र निजकी दिदी जानमाला बिकलाई मोबाईलको रिचार्ज कार्ड किन्न पठाएको विषयलाई लिएर निर्घात कुटपिट गरी चर्चामा आएकी ढोरपाटन नगरपालिका ८ सेरावाङ स्थित नमुना प्राथमिक विद्यालयकी प्रधानाध्यापक हिरादेवी बुढामगर पछिल्लो समय बैशाख ९ गते देखी आजका मितिसम्म बिद्यालयमा आएकी छैनन् । उनी गत २०७५ सालको चैत महिनाको २९ गतेमात्र स्थायी शिक्षिका भएको विद्यालय श्रोतले बतायो ।
स्थानीय अभिभावकहरुले आफ्ना बालबालिकाहरुको पठनपाठन बिग्रिएको चिन्ता व्यक्त गर्दै सरोकारवाला निकायहरुमा गुनासो गर्दै हिँडेपनि न ढोरपाटन नगरपालिका न ईलाका प्रशासन कार्यालय न शिक्षा विकास समन्वय समितिको कार्यालयको ध्यानाकार्षण हुन सक्यो भन्दै पीडाबोध भएको बताए ।
गत माघ २० गते आफ्नै विद्यालयको कक्षा २ मा अध्ययन गर्ने विद्यार्थी र निजकी दिदीलाई नराम्ररी कुटपीट गर्ने प्रअ बुढामगर हत्त र पत्त जिल्ला प्रहरी कार्यालय बागलुङमा पुगेर दिदी भाईले आफुलाई कुटपीट गरेको उजुरी दिएकी थिईन् । जिल्ला प्रहरी कार्यालय बागलुङले पीडित दिदी भाईलाई झिकाई बुझ्ना प्रअ बुढामगर नै दोषी देखिएपछी माफी मागेर मिलापत्र गरि सेरावाङ फर्किएकी थिइन् ।
विद्यालयमा मात्र नभएर गाउँघरमा समेत कसैसंग मिल्न नसक्ने स्वाभावले चर्चामा आउने गरेकी प्रअ बुढामगर झण्डै डेढ महिना देखी बिद्यालयमा आएकी छैनन् । विद्यार्थीहरुको पढाई प्रभावित भएको छ । स्थानीयजनले प्रअ बुढामगरको खोजतलास गरिरहेका छन् । डेढ महिना देखी बेपत्ता रहेकी प्रअ हिरादेवी बुढामगरका बारेमा ढोरपाटन नगरपालिकाले किन चासो लिदैन भन्ने गम्भीर आरोप स्थानीय सेरावाङबासीले लगाएका छन् ।
यो लिंकपनि पढौँ:
नाबालक बिद्यार्थी कुटपीट गर्ने नमुना प्रावि, सेरावाङकी प्रअको नमुना काम : जो चोर उसैको ठुलो स्वर !
सेरावाङ नमुना प्रावि कुटपिट घटना : माफी मागेपछी मिलापत्र !