गुमान सिँह भण्डारी, गल्कोट २०७६ जेठ १५ । नेपाली काग्रेस लोकतन्त्रमा आस्था राख्ने पार्टी भएकाले सबैलाई मिलाएर लैजाने क्षमता राख्ने केन्द्रिय सदस्य शंकर भणरीले बताएका छन् ।
नेपाली काग्रेसले देशब्यापि रूपमा संचालन गरेको राष्टि«य जागरण अभियानको त्रmममा गल्कोटमा नेपाल महिला संघ बागलुङले आयोजना गरेको राष्टि«य जागरण अभियान तथा संगठन सुदृढीकरणका लागि प्रशिक्षण कार्यत्रmममा बोल्दै नेता भण्डारीले नेपाली काग्रेसले महिला नेतृत्व हुनुपर्छ भनेर महिलालाई सबैभन्दा पहिले पार्टीको जिम्मेवार पदमा पुर्याएको उल्लेख गरे।
कार्यत्रmममा पूर्व वनमन्त्री भण्डारीले अहिलेको केपि वलीको सरकार अनावश्यक प्रचारबाजी गर्ने, सबैभन्दा बढि भष्ट«ाचार, बलात्कार, अराजग गतिबिधि गर्ने सरकार भएको उल्लेख गर्दै नेपालमा भएका कम्युनिष्ट धारका पार्टी कहिल्यै लोकतान्त्रिक नहुने बताए ।
अहिले स्थानिय तह देखि प्रदेश र केन्द्र तहसम्म कम्युनिष्ट सरकार भएको ठाउमा नेपाली काग्रेसमा आस्था राख्ने ब्यक्तिलाई दमन गरेको उल्लेख गर्दै भण्डारीले यस्ता अराजग गतिबिधि गर्ने पार्टी कहिलै लोकतान्त्रिक नहुने स्पष्ट पारे ।
कार्यत्रmममा बोल्दै नेपाल महिला संघका केद्रिय उपाध्यक्ष सरस्वती तिवारीले महिलाहरू अरूको ईसारामा चल्न नहुने भन्दै आफनो क्षमता अनुसार अगाडि बढन आग्रह गरिन। उनले कसैले बनाएर नेता नबनी आफनो बुद्धि बिबेक प्रयोग गरेर नेता बन्नुपर्नेमा जोड दिईन। जसले प्रशस्त समय दिन सक्छ त्यो नेता बन्ने हो, उनले भनिन अब प्रदेश तहमा छिटै प्रदेश स्तरीय महिला संगठन निर्माण गरिने र आगामि निर्वाचनमा उपमेयर तथा मेयरको टिकट लिनका लागि महिलाहरू नेताको खुट्टा ढोग्न जाने परिपाटीको अन्त्य गरि महिला संघले त्यसको भुमिका खेल्नु पर्ने बताईन। कार्यत्रmममा नेपाली काग्रेसका जिल्ला सभापति दिपेन्द्र थापा, पुर्व सांसद चम्पादेवी खडका, नेपाली काग्रेसका पुर्व जिल्ला सभापति हरिप्रसाद श्रेष्ठ, पुर्व सभापति प्रकाश शर्मा पौडेल, नेपाल महिला संघकी केन्द्रिय सदस्य पार्वती आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यत्रmमको औचित्य माथि नेपाल महिला संघका केन्द्रिय सदस्य तथा गलकोट नगरपालिकाका उपप्रमुख रेनुका काउचा मगरले प्रकाश पारेकी थिईन।
जागरण कार्यत्रमको अवसरमा हटिया र नरेठाँटीबाट मात्रै दुई दर्जन बिभिन्न पार्टीबाट नेपाली काग्रेसमा प्रवेश गरेका छन । जसअन्तर्गत नरेठाँटीबाट कुमार घर्ति मगर, बम बहादुर घर्ति मगर, मन बहादुर सुनार, शेर बहादुर घर्ति मगर, ओम बहादुर पुन, नारायण घर्ति मगर, युवराज पुन, दुर्गा दमाई, प्रेम बहादुर बहादुर खत्रि, राम बहादुर नेपालि, गणेश बहादुर कुबर, ज्ञानि नेपाली रहेका छन । त्यस्तै हटियाबाट सुष्मा श्रेष्ठ, कमला श्रेष्ठ लगायतको टोलि नेपाली काग्रेसमा प्रवेश गरेका हुन । उनिहरूलाई प्रमुख अतिथि भण्डारीले टिका र सदस्यता पत्र हस्तान्तरण गरेर पार्टी प्रवेश गराएका थिए ।
कार्यत्रmमका अवसरमा महिलाहरूलाई नेपाल महिला संघकी जिल्ला अध्यक्ष सकुन्तला शर्मा र मन्जु शर्मा चालिसेले प्रशिक्षण दिएका थिए ।
कार्यत्रmम नेपाल महिला संघका जिल्ला अध्यक्ष सकुन्तला शर्माको अध्यक्षता, उपाध्यक्ष भिमकली श्रीसको स्वागत मन्तव्य र सचिव उषा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।