राम प्रसाद घिमिरे
जसले आफ्नो सर्वस्व सम्पति धरौटी राखि बैंक ब्यालेन्स देखाएर लाखौं ऋण खोजेर अस्ट्रेलिया पढ्न भनि गएका मेरो देशका युवा जमातले विवाह गरेर हनिमुन मनाउन गएका पत्रकार रवि लामिछाने सँग गरेको हार गुहार देख्दा लाग्छ सन्तुष्टि र आनन्द मेरै देशमा अथाह छ ।
अचम्म लागेको कुरा त यो छ कि , नेपालमा उच्च शिक्षा हासिल गर्न नचाएर अष्ट्रेलिया पुगेका हरुलाई दूतावासले हेरेन् रे ? पढ्न गएका लाई कामको दबाब पर्यो रे , काम गर्दा थाकेर लखतरान मरियो रे, काम पाईएन् रे, कसैले कामको लोडको कारण थकाईले गर्दा कलेज जान पाईएन् रे, आदि गुनासो गर्दै थिए ।
यो सुनिरहँदा अस्ट्रेलिया गयका नेपालिलाई भन्न मन लाग्यो हिजो नेपालबाट अष्ट्रेलिया जाँदा धरौटमा राखेको सम्पत्तिले नेपालमै पढैको भए हुन्थ्यो नि अहिले दु:ख पाएको भए । एन आर एन ले हेरेन ? उ बेला नेपाललाई देश नै नगनि अष्ट्रेलिया को पि.आर. (Permanent Residency) को सपना देखि तिमीहरु अष्ट्रेलिया जादा के भनेर गएका थियौ ? थाहा छ ? तिमीहरु त उज्ज्वल भविष्य खोज्दै नेपालले केहि गरेन् भनेर गएका होईनौ ?? समस्या परे पछि बल्ल सम्झियौ आफ्नो देशलाई ??
कामदार भिषामा गएकाहरुलाई समस्या पर्यो भने सरकारले हेर्नु पर्छ ? विद्यार्थी लाई पढ्नमा समस्या भए सरकारले सहयोग गर्नु पर्छ । अन्यथा आफ्नो परिवेश भन्दा बाहिरको कुरा नउठाएकै राम्रो ।
अन्तस्मा पत्रकार रवि लामिछानेलाई दाजुभाइको नाताले एउटा गुनासो राख्न चाहान्छु । धनको आडमा बसेर रहरले अष्ट्रेलिया गएकाहरुको भन्दा पनि पारिवारिक ऋणको भारि हलुका गर्न १०० कडा २ रुपैयाँ को ऋण खोजि बाध्यताले खाडि मुलुक छिरेका हरुको कथा ल्याईयोस् ।
अष्ट्रेलिया बाध्यता हैन रहर हो ।
खाडी रहर हैन बाध्यता हो ।
बागलुङ