पूर्ण भद्र निउरे ताराखोला २०७६ जेठ १५ । ताराखोला गाउँपालिका ले शुरु गरेको जनता संग जनप्रतिनिधि कार्यक्रम आज वडा न २ अर्गल मा सम्पन्न भएको छ ।
जनता का गुनासा र सुझाव हरु लिदै आगामी बर्ष को नीति कार्यक्रम प्रभावकारी बनाउने उदेश्य ले संचालन गरिएको कार्यक्रममा गाउँपालिका ले जनाएको छ ।
कार्यक्रममा उपस्थित स्थानीयले कार्यक्रम सम्बन्धि प्रयाप्त सुचना नहुदा सहभागी को उपस्थिति न्यून रहेको , योजना को अनुगमन पक्ष फितलो रहेको, कतिपय बजेटहरु पहुँचका आधार मा बितरण हुने गरेका रहेको जस्ता गुनासा राखेका थिए ।
राजनैतिक दलका प्रतिनिधि को रुपमा सुझाव राख्दै क्रान्तिकारी माओवादीका नेता अमृत घर्तीले एउटै राजनैतिकबृत बाट संचालित स्थानीय सरकारले अन्य दलहरु संगको छलफल र सहकार्य मा खासै वास्ता नगरेको गुनासो पोखेका थिए ।
जनताका जिज्ञासा तथा गुनासोका जवाफ दिदै गाउँपालिका अध्यक्ष प्रकाश घर्ती र वडा अध्यक्ष भद्र बहादुर घर्तीले आगामी दिनमा सबै पक्ष संग सहकार्य गर्दै जनताका सुझाव समेटेर अगाडि बड्ने बताए ।
कार्यक्रममा गाउपालिका कि उपाध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत , वडा न २ का सबै जनप्रतिनिधि संगै २ न वडा का स्थानीय को सहभागीता थियो ।
सोही अबसर मा ताराखोला गाउँपालिका ले वडा भित्र का १२ जना जेष्ठ नागरिक लाई फुल माला, र १/१ सेट फाइबर को सिरक सहित सम्मान गरेको छ ।
कार्यक्रम वडा अध्यक्ष भद्र बहादुर घर्ती को अध्यक्षता वडा सचीव डोलराज पौडेल को संचालन र वडा सद्स्य भिम बहादुर रोका को स्वागत मा सम्पन्न भएको थियो ।