टिकाराम भट्टराई,बुर्तिबाङ ०७६ जेठ १८ । ढोरपाटन नगरपालिका वडा नम्बर ३ घोसाखानीमा रहेको घोसाखानी आधारभुत विद्यालयको ५९ औँ वार्षिकोत्सव शुक्रबार सम्पन्र्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले दीप प्रज्वलन सहित ब्यानर अनावरण गरेर कार्यक्रमको उद्घाटन गर्दै शिक्षाको ज्योति छर्ने सबैको साझाँ धरोहर विद्यालयले गुणस्तरिय शिक्षा प्रदान गर्न सके मात्र दक्ष जनशक्ति उत्पादन हुने बताए ।
विद्यालयमा राजनीतिको खेल अन्त्य गनुपर्ने बताउदै नगरप्रमुख नेपालीले घोसाखानी आधारभुत विद्यालयलाई आफुले सक्दो सहयोग गर्दै आईरहेको र अबका दिनहरुमा पनि गर्दै जाने एवंं एक्कल प्रयासले मात्र सम्भव नहुने भएकाले जुन पाटीमा आस्थावान अभिभावक भएपनि एकजुट भएर आफ्नो ठाउँको विद्यालयलाई नमुना विद्यालय बनाउनुपर्नेमा जोड दिए ।
पछिल्लो समय विरोधको निम्ति विरोध मात्र गर्ने परिपाटी देखिएको चर्चा गर्दै प्रमुख अतिथी नेपालीले हल्लाको पछाडी नलाग्न समेत आम जन–समुदायलाई अनुरोध गरेका थिए । जनजाति र दलितहरुको बढी बसोबास रहेको घोसाखानीमा बिकासका पुर्वाधार निर्माणको निम्ति हरदम पहल गरिरहने बताए ।
कार्यक्रममा अतिथी तथा ढोरपाटन नगरपालिकाकी उप प्रमुख करमती पुनले शिक्षक,अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्धले मात्र नमुना विद्यालय बन्ने बताउदै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गनुपर्नेमा जोड दिएकी थिईन ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केशर छन्त्यालको अध्यक्षता रहेको उक्त कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष तथा कार्यपालिका सदस्य चित्र बहादुर भण्डारी, उच्च अदालत बार एशोसिसन बागलुङका निर्वतमान अध्यक्ष केशबराज पराजुली लगायतले मन्तब्य राखेका थिए भने प्रधानाध्यापक खुम बहादुर छन्त्यालले विद्यालयको प्रतिवेदन सहित विविध गतिविधीबारे जानाकारी गराएका थिए ।
शिक्षक,विद्यार्थी र अभिभावकको ब्यापक सहभागिता रहेको कार्यक्रममा शिक्षक कमल केसीको स्वागत मन्तब्य र कार्यक्रमको सञ्चालन शिक्षक प्रविन छन्त्यालले गरेका थिए ।
घोसाखानी आधारभूत विद्यालयको वार्षिकोत्सव : बिरोधकै लागी बिरोध गर्नेहरुको पछी नलाग्न नेपालीको आग्रह !
२०७६ जेष्ठ १८, शनिबार ०३:०९
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ असार २४, बिहीबार ०९:०६
५ दिन देखी तमानखोला बुर्तिबाङ सडक अवरुद्ध
२०७८ असार १२, शनिबार ०९:२०