Sorry, that menu does not exist.
 

जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका अवसरमा बुर्तिबाङमा विशाल दलित आम सभाको आयोजना !

सुमन सुनार, बुर्तिबाङ २०७६ जेठ १८ । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस यहि जेठ २१ विभिन्न जनचेतनामूलक कार्यक्रम गरी देशभर मनाईंदैछ ।

यसै सन्दर्भमा ढोरपाटन नगरपालिकामा पनि जातिय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस भव्यताका साथ मनाइने भएको छ । दिवसका अवसरमा ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा क्षेत्रीयस्तरको विशाल दलित आम सभाको आयोजना गरिएको छ । ढोरपाटन नगरपालिकाको आर्थिक सहयोगमा, क्षेत्रीय दलित सञ्जाल क्षेत्र नं. २ बागलुङले उक्त दलित आम सभाको आयोजना गरी दिवस मनाउने तयारी गरेको हो ।
तीय भेदभाव र छुवाछुत अन्त्यका लागि सामाजिक जागरण सृजना र जनस्तरमा चेतना जगाउने मुख्य उद्देश्य सहित आयोजना गरिएको सभामा ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले प्रमुख अतिथिका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै पश्चिम बागलुङका स्थानिय तहहरु ढोरपाटन नगरपालिका, गल्कोट नगरपालिका, ताराखोला, बडिगाड, निसीखोला र तमानखोला गाउँपालिकाका प्रमुख तथा अध्यक्षहरुको आतिथ्यता रहने छ भने ५ ओटै पालिकाका दलित समुदायका नागरिकहरु, दलित अधिकारकर्मीहरुको व्यापक सहभागिता रहने आयोजकले जनाएको छ ।

कार्यक्रम संयोजक अशोक विश्वकर्माका अनुसार, कार्यक्रममा पत्रकार तथा दलित अभियान्ता अशोक दर्नाल र हेमराज आचार्यको विशेष उपस्थिति रहने छ । जातीय भेदभाव गर्न नपाईने स्पष्ट कानुनी व्यवस्था भएपनि जातिय भेदभाव तथा छुवाछुतका घटना वृद्धि भइरहेको अवस्थामा आयोजित कार्यक्रमले जातीय भेदभाव अन्त्यका लागि जनचेतना जगाउन विशेष महत्व राख्ने अपेक्षा लिएको कार्यक्रम संयोजक विश्वकर्माले बताए । उक्त दिन बृहत ¥याली सहित कार्यक्रम हुने उनले बताए ।

त्यसैगरी कार्यक्रममा चर्चित गायक तथा मोडल प्रकाश सपुत, लोक दोहोरी गायिका शान्तीश्री परियार र सीता परियारको बेजोड सांगीतिक प्रस्तुति समेत रहने संयोजक विश्वकर्माले ईबागलुङलाईजानकारी दिए । कार्यक्रमलाई भव्य रुपमा सफल पार्नका लागि प्रचार, प्रसार लगायत व्यवस्थापनको तयारी तिब्र पारिएको विश्वकर्माको भनाई छ ।

२०६३ साल जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । त्यसै दिनको सम्झनामा वर्तमान सरकारले हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रुपमा मनाउने घोषणा गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply