पूणभद्र निउरे ताराखोला २०७६लजेठ १८ । नेपाल कम्युनिस्ट पार्टी (ने क पा ) ताराखोला गाउँकमिटीको आयोजनामा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । पार्टी एकीकरण पछि पार्टीका भाबी रणनीति र कार्यदिशाका बारेमा कार्यकर्तालाई जानकारी गराउने र पार्टी र संगठन सुदृढीकरणका लागि छ्लफल गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको गाउँकमिटी अध्यक्ष दिवस खत्रीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै पार्टीका बाग्लुङ जिल्ला अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले एकीकरण पछि पार्टी अब पुर्ब माओवादी,पुर्ब एमाले भन्ने सबै सम्माप्त भै सकेको भन्दै एक ढिक्का भै अघि बढन कार्यकर्तालाई आग्रह गरे ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद द्वय चन्द्रबहादुर बुढा मगर र दिलमाया रोका, जिल्ला सचिब ज्ञामनाथ गैरे, ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्ती , जिल्ला कमिटी सदस्य संजय कुमार श्रेष्ठले लागायतले मन्तव्य राखेका थिए ।
अन्तरक्रिया कार्यक्रममा कार्यकर्ताहरुले ताराखोलामा पार्टीको बर्तमान बस्तुस्थिती, पार्टी र जनप्रतिनिधिको सन्बन्ध , जनताका बिकासका अपेक्षा लगायतका बिषयमा प्रश्न तथा जिज्ञासा समेत राखेका थिए ।
कार्यक्रममा ताराखोला गाउँपालिकाका जनप्रतिनिधि, पार्टीका जिल्ला कमिटी , गाउँ कमिटी र वडा कमिटीका सद्स्यहरुको उपस्थिति रहेको आयोजकले जनाएको छ। कार्यक्रम गाउँकमिटी अध्यक्ष दिवस खत्रीको अध्यक्षता , सचीव धन प्रसाद बुढा मगरको संचालनमा सम्पन्न भएको थियो ।