कमल पौडेल, बडीगाड २०७६ जेठ १९ । बडीगाड गाउँपालिका वडा नं. ३ स्थित सिसाखानी माध्यमिक विद्यालय, राजनैतिक रणसंग्राममा परेको छ । करिव १ महिना अघि देखिको विद्यालय व्ववस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकबीचको विवाद, पूर्व विद्यार्थीको नाममा तालावन्दी भएपछि सतहमा आएको हो । बडीगाड गाउँपालिकाका शिक्षा तथा स्वास्थ्य शाखाका संयोजक एंब वडा नं ३ का अध्यक्ष खड्क पुन, प्रशासनलाई समेत कुनै जानकारी नदिई एक्कासी एकहोरो रुपमा उनिहरुको नेतृत्वमा गएका दुईचार जना राजनीतिक आड लिएका ब्यक्तिहरुले बिद्यालयमा तालाबन्दी गरी बिद्यार्थीको पढ्न लेख्न पाउने नैसर्गिक अधिकारी माथि समेत हस्तक्षेप गरेको स्थानीयले बताएका छन् ।
अस्ति शुक्रवार इलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख प्रहरी निरिक्षक केशवसिंह थापाको कमाण्डमा गएको टोली र स्थानिय तालावन्दीकर्ता सहितको भेलाले तत्कालको लागी प्रधानाध्यापक होम वहादुर घर्ती र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर वहादुर प्रतेलले राजिनामा दिने र जेठ २८ गते भित्र नयाँ विद्यालय व्यावस्थापन समितिको गठन, प्रअ नियुक्ति लगाएतको कार्य अगाडि वढाउने मौखिक सहमति गरेको सहायक प्रधानाध्यापक कमल भुजेलले ईबागलुङलाई जानकारी दिए । सिसाखानी माध्यमिक विद्यालयमा आन्तरिक राजनीतिक विवाद भएको जानकारी पछि बडीगाड गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजा, वडा नं. १ का अध्यक्ष वोम वहादुर थापा सहितको टोली पनि विद्यालयमा पुगेको तर भेला संयमित नदेखिएपछि फर्किएको गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले वताए । पाइजाका अनुसार ‘विद्यालयको अवस्था वुझ्न जाँदा उल्टै दोषारोपण गरियो, बातावरण सहज भएन त्यसैले फर्कियो ।
गाउपालिका अध्यक्ष पाईजा फर्किसकेपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र पधनाध्यापक तत्काललाई हटाउने मौखिक सल्लाहा पछि ताला खोल्ने सहमति भएको बताइएको छ ।
के हो त बिबादको जड ?
गत वैसाख १७ गते बसेको विद्यालय व्यावस्थापन समितिको वैठकमा मर्मत तारवारको लागी आएको रकमबाट केहि रकम छुट्याएर पुराना ऋण तिर्नुपर्ने प्रधानाध्यापकको धारणा र शिर्षकान्तर नगर्ने विव्यस अध्यक्षको धारणावाट विवाद सुरु भएको पाईयो । तर यसको बास्तविक कारण राजनितिक रहेको जानकारहरुले बताएका छन् । त्यो संगै विद्यालयमा रिक्त रहेको कार्यालय सहयोगी र माध्यमिक तहको सामाजिक विषयको शिक्षक पनि रहेको छ। सोहि मितिमा विज्ञापनको लागी अनुमति लिन जाने भन्ने विषयमा अध्यक्ष सकारात्मक नभएपछि विवाद लम्विएको देखिन्छ । त्यस विवाद मिलाउन वडा अध्यक्ष खड्क वहादुर पुनले २ पटक प्रयास गरेको तर साम्य नभएपछि जेठ १३ गते वसेको बैठकले योजना फरफारकको लागी शिक्षक अभिभावक संघका अध्यक्ष मनुद्रा घर्ती र सहायक प्रअ कमल भुजेललाई पठाउने निर्णय गरि काम अघि बढिरहेको थियो । सोहि अनुरुप गाउँपालिकामा मनुद्रा घर्ती र कमल भुजेलको टोलीले योजना फरफारक गरेको थियो । त्यसै विचमा पूर्व विद्यार्थी विष्णु भुजेल थापा र रमेश घर्तिको टोलीको आग्रहमा १६ गतेको लागि सहायक प्रधानाध्यापक कमल भुजेलले खवर गरि भेला वसेको थियो । तर सो भेलामा वडा अध्यक्ष खड्क पुन र प्रधानाध्यापक होम वहादुर घर्तिको उपस्थिति रहेको थिएन । प्र.अ. घर्ति बागलुङ वजारमा भएको वेला भेला वसेको थियो भने वडा अध्यक्ष पुनलाई फोन सम्पर्क हुन नसकेको कारण जानकारी दिन नसकिएको सहायक प्रअ भुजेलले बताए ।
सो भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर वहादुर प्रतेलको सहभागिता रहेको स्वयंले स्वीकार गरेका छन् । भेलाले कुनै निष्कर्ष निकाल्न नसकेपछि १७ गते पुन भेला वोलाइएको सहायक प्रअ भुजेलले वताए । सोहि साँझ पूर्व विद्यार्थी विष्णु थापा भुजेल र रमेश घर्तिको समुहले विद्यालयको प्रशासनिक कक्ष र स्टाफ कोठामा ताला लगाइदिएको सहायक प्रधानाध्यापक भुजेलले वताए । तर स्वयं विष्णु थापा भुजेलले विद्यालयमा कुर्सी हानाहान भएको सुनेपछि विद्यालयमा पुगेको र विद्यार्थी भाईवहिनी संग कुरा गरेको तर विद्यालय वन्द गर्ने कुरामा आफुहरुको कुनै संलग्नता नरहेको र आफूहरुलाई मुछिएकोमा दुःख व्यक्त गरेका छन् ।
यद्यपी अर्को पक्षले पूर्व विद्यार्थीको आवरणमा केहि राजनैतिक दलका नेताले ताला लगाएको आरोप लगाएका छन् । १७ गतेको भेला अराजक हुने आशंका र विद्यालयमा तालावन्दी भएको सुचनाका आधारमा प्रहरी त्यहाँ पुगेको प्रहरी चौकी खर्वाङले जनाएको छ । तर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर वहादुर प्रतेलले प्र.अ. र वडा अध्यक्षले शक्ति र सत्ताको दुरुपयोग गरि प्रहरी वोलाएको आरोप लगाएका छन् । स्मरणीय छ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्तेल गत स्थानीय तहको निर्वाचनमा राजमो तर्फबाट वडाध्यक्षका उमेरदवार थिए । उनी हालका वडाध्यक्ष खड्क पुन संग पराजीत भएका थिए ।
मंगलबार बिद्यालयमा तालाबन्दी गरिएपछि व्दन्व्दको स्थिति सिर्जना हुने देखिए पछि त्यसको बारेमा बुझ्न गएका बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा, वडा नं १ का वडा अध्यक्ष बोम बहादुर थापा, इलाका प्रहरी कार्यलय हरिचौरका प्रहरी निरीक्षक केशवसिंह थापा, खर्बाङ प्रहरी चौकीका इन्चार्ज मन बहादुर कार्की लगाएतको टोली उक्त स्थानमा गएको थियो । उनिहरुले अपमान जनक व्यवहारको सामना गर्नु परेको प्रत्यक्षदशीले बताएका छन् ।
वडा नं १ का अध्यक्ष बोम बहादुर थापाले बिबादित कुरामा सामाजिक मेलमिलापको बाटो नखोजे समाजमा अराजक स्थिती सिर्जना हुन सक्ने भएकाले तत्काल त्यसको छानबिन गर्नुपर्ने ईबागलुङलाई बताए ।
बिद्यालयको आर्थिक श्रोत कम्जोर भएकाले पठनपाठनमा समस्या हुने जस्तो देखिएपछि केहि रकम शिर्षक परिवर्तन गरि स्थानिय श्रोतका शिक्षकलाई तलब खुवाउनुपर्ने अबस्था सिर्जना भएपछि तलब खुवाइएको बिद्यालय श्रोतले जनाएको छ । निर्माण सम्पन्न भएको २ कोठे भवनको केही ऋण तिर्न बाँकी रहेकाले त्यस्लाई कसरी समाधान गर्ने ? कसरी बजेटको चाँजो पाँजो मिलाउने भन्ने बिषयमा छलफल गर्दा गत बैशाख १७ गते विवाद भएको थियो । बिद्यालयको आयब्याय खातापाता हेरी मुल्याङ्कन नगरी एकहोरो रुपमा आरोप लगाइएकोमा त्यसको छानबिन हुनुपर्ने देखिएको स्थानियले बताएका छन् ।
सोही बिबादको क्रममा अध्यक्ष प्रतेलले प्र.अ घर्तीलाई पदबाट निकाली डिग्री पढेको प्र.अ ल्याउँछु भनि बोलेका थिए । प्र.अ घर्तीले, ल, ल्याएर राख्नुस् भनि कुर्सी दिएपछि प्रतेलले कुर्सी फ्याक्नुका साथै त्यहाँ रहेका शैक्षिक सामाग्री तोडफोड समेत भएको थियो । विद्यालयको दुई कोठे भवन निर्माण गर्दा ऋण छ भनि प्र.अ घर्तीले बताउदा त्यसै बिषयमा कुरा नमिलि बिबाद भएको र भवन बनाउँदा आफ्नो गाडीलाई सामान बोक्न नदिएको आरोप पनि अध्यक्ष प्रतेलले लगाएका छन् । आफ्नो पसलमा सामान नकिनेको रिसपनि विद्यालयमा लगेर पोख्ने काम सिसाखानी माविमा हुने गरेको अभिभावकहरुले बताउदै आएका छन् ।
यसरी बिद्यालयको शैक्षिक सामाग्री तोड्फोड हुँदा र आर्थिक बिषयमा आरोप लागेकालाई समेत कार्बाही गर्न नसक्ने अभिभाबक र राजनीतिक दलका ब्यक्तिहरुले आग्रह पुर्वाग्रहको भरमा बिद्यालय प्रसासनमा राजनिति गर्नु समाजकै लागि चिन्ताको बिषय बनेको छ ।
सिसाखानी माध्यमिक बिद्यालय राजनीतिको शिकार वन्दै गएको आरोप यस अघि पनि लाग्दै आएको छ । यतिवेला भेला छलफल वा आन्दोलन सकारात्मक कामकै लागी भएपनि बिद्यालयम राजनैतिक दाउपेच चलिरहेको र केहि व्यक्ति विशेषको राजनीतिक स्वार्थका कारण विद्यालय धरासायी अवस्थाम पुगेको तथ्यलाई नकार्न सकिदैन । कुनै पनी पदमा भएका मानिसलाई आरोप मात्रै लगाएर कोहि राम्रो वन्ने वा गल्ती गर्ने मानिस राजिनामा मात्रै दिएर उम्किन सक्दैन । आरोप लगाउनेले पुष्टि गर्न सक्नुपर्छ, यदि पुष्टि भए राजिनामा हैन कार्वाहि हुनुपर्छ । तर जो जसले जहाँ जे गरेपनि कुनैपनि वाहानमा विद्यार्थीहरुलाई पढ्ने अवसरवाट बन्चित गर्न पाइदैन ।
(प्रधानाध्यापक होम वहादुर घर्ति, वडा अध्यक्ष खड्क पुन, पूर्व गाविस अध्यक्ष डिल वहादुर पुन संग फोन सम्पर्क हुन सकेन)