के भन्छन धौलागिरी अन्चल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगर ?
किरण आचार्य, बागलुङ २०७६ जेठ १९ । उचित व्यवस्थापन तथा सेवा प्रवाहलाई लिएर बेला बेलामा आम चर्चामा आईरहने धौलागिरी अन्चल अस्पतालमा पछिल्लो समय सुधारका लक्षणहरु देखा परेका छन् । विशेषज्ञ चिकित्सकहरुको सेवा प्रवाहले अस्पतालको बहिरंग सेवामा चेकजाँचका लागी आउने विरामीहरुको चाप बढेको छ । अस्पतालमा सरसफाई देखी लिएर व्यवस्थापकीय पक्ष सन्तोषजनक रहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।
अस्पतालमा सेवारत चिकित्सकहरुको सेवा प्रवाहलाई प्रभावकारी बनाउन व्यवस्थापन पक्षले सक्दो प्रयास गरिरहेको अध्यक्ष केवि रानामगर र अर्का सदस्य शालिग्राम शर्माले ईबागलुङ संगको कुराकानीमा औँल्याएका छन् । अस्पतालबाट वितरण गरिने निशुल्क औषधी, जेष्ठ नागरिकहरुलाई निशुल्क ल्याब परीक्षण सम्वन्धमा व्यवस्थापन पक्ष सजग रहेको र अस्पतालबाट विश्वसनीय सेवा प्रवाह गर्न चिकित्सकहरु दत्तचित्त रहेको पनि अध्यक्ष रानामगरले कुराकानीका अवसरमा बताए ।
स्व सांसद हरिबहादुर खड्काको नाममा सन्चालनमा ल्याउने भनिएको ट्रुमा सेन्टरको निर्माण कार्यमा भएको ढीला सुस्ती एवं बजेट फ्रिज भएको सन्दर्भमापनि अध्यक्ष राना मगरसंग ईबागलुङको कुराकानी भएको छ ।
एक फरक प्रशंगमा अध्यक्ष केवि रानामगरले, अस्पतालमा उपचारार्थ आउने विरामीहरु संग चिकित्सकहरुको व्यवहार खस्रो नभै मीठो हुनुपर्ने, बोलि बचन, हाउभाउ र व्यवहारले पनि बिरामीहरुमा सकारात्मक प्रभाव रहने सन्दर्भमा मेरै सामुन्ने “…तँ बाँच्ने होईनस् किन आईस अस्पतालमा ?…” भनेर चिकित्सकले बिरामीलाई भनिरहेको सुन्दा अति नमीठो अनुभूति भएको सुनाए । बाँच्ने नबाँच्ने कुरा त कस्लाई थाहा हुन्छ, अध्यक्ष रानामगरले भने, ‘त्यस्तो नमीठो बचन बिरामीहरुलाई भन्नु कति उपयुक्त हुन्छ स्वयं ती चिकित्सकले सोँच्नु पर्ने हो, आशा गरौँ अव यस्तो अप्रिय बचन उनले दोहोराउने छैनन् ।
यो पनि पढौं : अस्पतालमा असल मान्छे’ संगको कुराकानी
अस्पतालको निर्माणाधीन ब्लक (भवन) अझै निर्माण सम्पन्न भैनसकेको अवस्था छ । अस्पतालमा प्रयाप्त स्थानाभाव रहेको छ । निर्माणाधीन भवन सम्पन्न गर्न व्यवस्थापन समिति लागि परेको कुराकानीका अवसरमा अध्यक्ष राना मगरले ईबागलुङलाई बताए । अस्पतालमा उपचाररत रहेका विरामीहरुलाई फलफुल वितरण गर्ने परिपाटीले विरामीहरुलाई के कस्तो असर पर्न सक्छ भन्ने तिरपनि सोँच्नु पर्ने देखिएको छ । प्रचारमा आउन विरामीलाई फलफुल वितरण गर्ने प्रचलन हटाउन्ु बेश हुने स्थानीयको गुनासो रहेको छ ।
पोष्टमार्टमका लागि अस्पताल ल्याईने शवहरुको उचित व्यवस्थापन (दुर्गन्धरहीत राख्ने व्यवस्था) मिलाईएको कुराकानीका अवसरमा अध्यक्ष रानामगरले जानकारी दिएका छन् । डायलसिस सेवालाई निरन्तरता दिईने र अन्य आवश्यक स्वास्थ्यउपकरणहरुको व्यवस्थापन गरिने पनि रानामगरको भनाई छ ।
पछिल्लो समय अस्पतालमा दिनहुँ ३ सय सम्मको हाराहारीमा बिरामी चेकजाँचका लागी आउने गरेको अस्पताल श्रोतले बताएको छ । यसरी आउने बिरामीहरुमा नसर्ने रोगका बढी रहेको पनि जानकारी प्राप्त भएको छ ।
प्रस्तुतछ, धौलागिरी अन्चल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रानामगर र अर्का सदस्य शर्मा संग गरिएको कुराकानी ।