Sorry, that menu does not exist.
 

सुशासन, जबाफदेहिता र पारदर्शिताका लागि तमानका वडावडामा सार्बजनिक सुनुवाई कार्यक्रम

हेम विश्वकर्मा, बुर्तिबाङ २०७६ जेठ २० । तमानखोला गांउँपालिकाको वडा नं. १ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक बर्ष २०७५÷७६ मा विनियोजित बजेट तथा योजनाको कार्यसम्पदान पश्चात हालसम्म भएगरेका कार्य प्रगतिको बिषयमा स्थानीय जनताको गुनासो, सुझाब, सल्लाह समेट्दै अगाडी बढ्ने र जनप्रतिनिधीलाई जनताप्रति उत्तरदायी बनाउने उदेश्यका साथ गाउँपालिकाले सबै वडामा सार्वजनिक सुनुवाई कार्यक्रम तथा आर्थिक बर्ष २०७६÷७७ का लागि योजना छनौट कार्यक्रम सञ्चालन गरिरहेको छ । सोही अनुरुप सुशासन, जबाफदेहीता र पारदर्शिताका लागि सार्बजनिक सुनुवाई कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ ।

तमानखोला गाउँपालिकाको आयोजना, सामुदायिक रेडियो परिवर्तन र रेडियो ढोरपाटनको सहजिकरणमा हालै १ नंम्बर वडामा कार्यक्रम सम्पन्न भएको हो । वडा नं १ का वडा अध्यक्ष थम बहादुर रोकाको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा बासि जनताले आफ्नो वडामा भएगरेका काम कारवाहिका बिषयमा गुनासो, सुझाब, सल्लाह दिँदै वडालाई थप समृद्ध बनाउमा सबैले सहकार्य गरेर अगाडी बढिरहेको र आगामि दिनमा समेत जनताको आवस्यकतालाई मध्यनजर राख्दै वडा कार्यालय र गाउँपालिका अगाडी बढ्नुपर्ने स्थानीयको भनाइ थियो ।

वडा स्तरको कार्यक्रम, योजना सम्पादन र सेवा प्रवाहका बिषयमा स्थानियले राय तथा सुझाब पेश गरेका थिए । कार्यक्रममा स्थानीयको तर्फदेखि देव पुन, धर्म घर्ति, खगेन्द्र बि.क, देवानन्द गिरी, हरी बहादुर छन्त्याल, टेकलाल बि.क, नरकुमार गोतामे, भिम बहादुर छन्त्याल, नारायण सुनार, निम बहादुर घर्ति, रुबीसरा बि.क, बोममायाँ बुढा लगाएतले उपभोक्त समितिले काम सम्पन्न गरेर योजनाहरुको सामाजिक परिक्षण नगरेको, योजना छनोट गर्नुपर्दा दिर्घकालिन योजना छनोट गर्नुपर्ने, उपभोक्ता समितिले स्थानियको राय सुझाब नसुन्ने गरेको राय तथा सुझाब दिएका थिए ।

साथै स्थानियले शिक्षा स्वास्थ्य, बिकास निर्माण, खानेपानी बिधुत् लगाएतका बिषयमा प्रश्न तथा जिज्ञासा राखेका थिए । कार्यक्रमका अवसरमा सहभागिबाट उठेका प्रश्न, जिज्ञासाको बिषयमा वडा अध्यक्ष रोकाले, जवाफ दिदै चालु आर्थिक बर्षमा आफ्नो वडामा ८० प्रतिशत कार्य सम्पन्न भएको र यस आर्थिक बर्ष ०७६/७७ का लागि वडा भेलाबाट योजना संकलन गरी १ करोड १ लाख बराबरको बजेट वडा अध्यक्ष रोकाले घोषणा समेत गरेका थिए ।

यस्तै सार्वजनिक सुनुवाई कार्यक्रमका प्रमुख अतिथि एंब तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बोल्दै विकास निर्माण देखि हरेक कार्यसम्पादनमा जनताको चासो, गुनासो, एवम सुझाब सल्लाह प्राप्त भएमात्र जनप्रतिनिधी अगाडी बढ्ने बताउँदै समाज रुपान्तरणमा जनताको भुमिका महत्वपुर्ण हुने बताए । उनले जनताप्रति उत्तरदायी वनाउनका निम्ती जनता स्वयम् सचेत हुनुपर्ने र जनप्रतिनिधीसँग सम्मोन्य गरेर अगाडी बढ्न सकेमा गाउँपालिका अगाडी बढ्ने बताएका थिए । उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलप्रसाद गौतमले आर्थिक बर्ष २०७५÷७६ मा गाउँपालिकामा भएका कार्ययोजना र प्रगतिका विषयमा प्रकाश पारेका थ्एि ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष जोकलाल बुढाको प्रमुख आतिथ्यता, उपाध्यक्ष मानसरी शेरचन , प्रमुख प्रसासकीय अधिकृत कमल प्रशाद गौतम बिशिष्ट आतिथ्ता , कार्यपालिका सदस्यहरु लिलमायाँ बि.क, हिरादेबी कामी, वडा सदस्यहरु भावना गोतामे, दिल बहादुर कामी, मतिप्रशाद कामी, वडा सचिव मुकेस रावत, बोङ्गादोभान प्रहरीचौकीका इन्चार्ज पदम नेपाली, रोजगार संयोजक कृष्ण बोस्टोला, नेकपाका प्रतिनिधि देव पुन, नेपाली कांग्रेसका प्रतिनिधि धर्म घर्ति लगाएतको आतिथ्यता रहेको कार्यक्रम वडा सदस्य दिल बहादुर बि.कको स्वागत मन्तब्य , रेडियो परिवर्तनका स्टेशन म्यानेजर राम सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा ९० बर्ष माथिका १४ जना जेष्ठ नागरिकहरुलाई रु. २ हजार प्रदान गरी गाउँपालिका अध्यक्ष जोकलाल बुढाले सम्मान समेत गर्नुभएको थियो । यस सँगै तमानखोला गाउँपालिकाको सार्बजनिक सुनुवाइ कार्यक्रम सबै वडाहरुमा सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply