गुल्मी २०७६ जेठ २० । रोट्रयाक्क क्लव आफ तिलोत्तमा रुपन्देहीव्दारा गुल्मीका विभिन्न ६ वटा विद्यालयका सयौं गरिव जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।
जिल्लाको रुरु गाउँपालिका ४ , चौताराको वम्घा आधारभुत प्राथामिक विद्यालय, बलेटक्सारको सिंदुरे प्रथामिक विद्यालय, रुरु–४ को रिमुवास्थित पद्यमा प्राथामिक विद्यालय, रानीवासको जनवोध माध्यामिक विद्यालय र रुरु–५ वम्घाको हरिस्मृति प्राथामिक विद्यालयका विद्यार्थीहरुलाई एकै थलोमा जम्मा गरि क्लवलले शैक्षिक सामग्री वितरण गरेको हो ।
क्लवका अध्यक्ष रेशम खड्का , क्लव मेम्वर विक्रम क्षेत्री, सन्तोष कँडेल , राहुल टण्डन र सरोज पोखरेल लगायतको टोली तिलोत्तममाबाट गुल्मीका ती पुगेर शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए ।
त्यस्तै वम्घा आधाभुत प्राथामिक विद्यालयलाई बुटवल–६ ट्राफिकचोक मैत्रीपथमा रहेको होटल ग्लोवलले होर्डिङ्ग बोर्ड लगायतकाृे शैक्षिक सामग्री प्रदान गरेको छ । उक्त होटेललबाट हुने आम्दानीको केहि हिस्सा बर्षेनी शैक्षिक , स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा खर्च गर्दै आएको होटल सञ्चालक सन्तोष कँडेलले बताए ।
सहयोगदाता संस्था प्रति जिल्ला समन्वय समितिका सदस्य हरिप्रसाद ज्ञवाली, रुरु गाउँपालिकाका सामाजिक विकास संयोजक शेषनारायण पौड्याल, वडा नमवर ४ का वडाध्यक्ष फर्शराम ज्ञवाली लगायका समाज सेवीहरुले धन्यवाद दिएका थिए । रोट्रयाक्क क्लव अफ तिलोत्तमाले गुल्मीका अग्नी पिडित लगायतको विपदमा समेत सहयोग गर्दै आएको छ ।