भरत सापकेटा, बिहुँ २०७६ जेठ २० । बागलुङ जिल्लाको काठेखोला गाउपालिका वडा ५ बिहुँ पोखरामा नेपाली काग्रेस भातृ संगठन नेपाल तरुणदल बागलुङले हिमाल पहाड तराई-मधेश नेपाली काग्रेस राष्ट्रिय जागरण अभियानको २५औ दिन बिहुँमा आयाेजना गरेको कार्यकममा बोल्दै नेपाली काग्रेसका जिल्ला सभापति दिपेन्द्र थापाले बर्तमान सरकार भ्रष्ट्रचारको चंगुलमा फसेको भन्दै नेपाली जनताले त्यो सबै कुरा बुझिसकेका छन् अझै जनस्तरमा बुझाउन आवश्यक रहेको बताए। उनले भने, सरकारले हाल देशमा घटेका ठुला ठुला काण्डहरुका नाईकेहरुलाई संरक्षण गरेको छ, के अपराधि बलत्कारी भ्रष्ट्राचारीहरुलाई संरक्षण गर्न जनताले जनमत दिएका हुन ? भन्दै प्रश्न गरे । नेपाली काग्रेस भित्र आन्तरिक असहयोगले धेरै क्षेत्रमा पराजय भोगेको बताउदै कसैले कसै प्रति पुर्वाग्रह नभई संगठनलाई मजबुद बनाउन सक्ने हो भने नेपाली काग्रेस जनताको ठुलो पार्टी हुने थापाले बताए ।
त्यस्तै महाधिवेशन प्रतिनिधि जगदिशचन्द्र उपाध्ययले नेपाली काग्रेसलाई अब आउने निर्वाचनमा पहिलो पार्टी बन्नेमा कुनै शका नगरि सबै जुटन आग्रह गरे । उनले स्थानिय तह देखि प्रदेश केन्द्र तहमै पार्टी एक ढिक्का बन्न सक्ने हो भने कसैले पराजय गर्न नसक्ने बताए।
सो कार्यक्रममा बाह्य क्षेत्रबाट जति कार्यकर्ताहरुको उपस्थिति देखिन्थ्यो त्यो नेपाली काग्रेसको गढ मानिने यो क्षेत्र कार्यकताको उपस्थिति न्युन देखिए पछि स्थानिय नेता तथा कार्यकर्ताहरुले संगठन कमजोर अवस्था पुगेको भन्दै आक्रोस ब्यक्त गरेका थिए।
सो कार्यक्रममा पुर्व सासंद गोबिन्द प्रसाद शर्मा नेपाली काग्रेस जिल्ला सचिब नवराज पौड्याल,क्षेत्रिय सभापति चिरन्जिवी गौतम जिल्ला महासमिति सदस्य डिल्लिराज सुवेदी कार्यसमितिका सदस्य फम खत्री जागरण समितिका संयोजक हरि आचार्य जिल्ला सदस्य ग्यानकुमारी श्रीस शर्मा तरुणदलका जिल्ला उपाध्यक्ष कृष्ण शर्मा काँठेखोलाका संयेजक ग्यामनाथ कडेंल लगाएतले बोलेका थिए ।
तरुण दलका काँठेखोलाका अध्यक्ष हरि सापकोटाले स्वागत गरेकाे कार्यक्रमको संचलान सिताराम रसाईलीको रहेको कार्यक्रमको तरुणदल जिल्ला अध्यक्ष उमाकान्त शर्मा (बाबु)को सभपात्तित्वमा सम्पन्न भएको थियो।