Sorry, that menu does not exist.
 

कागजको खोस्टामा मात्रै सीमित दलित अधिकारको भोलि खिल्ली उडाईने ! !
बागलुङको पश्चिम व्यापारिक केन्द्र बुर्तिवाङमा दलित समुदायको विशाल शक्ति प्रदर्शन !

प्रेम सुनार, बुर्तिवाङ (बागलुङ) २०७६ जेठ २० । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको केन्द्र वुर्तिबाङ बजारमा त्यस क्षेत्रका दलित समुदायले १४ औं जातिय विभेद तथा छुवाछुत उन्मुलन दिवस भव्य रुपमा मनाउन गैरहेका छन । दिवसलाई उनिहरुले विशाल दलित आमसभाका रुपमा शक्ति प्रदर्शन गर्दै २०६३ साल जेठ–२१ गते छुवाछुत मुक्त राष्ट्र घोषणा भए पनि कागजको खोस्टामा मात्रै सीमित उक्त घोषणाको आमसभाका बक्ताहरुले खुलेर खिल्ली उडाउने भएका छन ।

दलित सञ्जाल बागलुङ क्षेत्र नम्वर २ को आयोजनामा हुन गई रहेको विशाल दलित आमसभाको अन्तिम तयारी पुरा भएको मुल आयोजक समितिले जानकारी दिएको छ । ढोरपाटन नगरपालिका–१, वुर्तिवाङ बसपार्कमा आयोजित विशाल दलित आमसभालाई ऐतिहासक बनाउने गरि तयारी भएको मुल आयोजक समिति संयोजक एवं त्यस क्षेत्रका दलित अगुवा अशोककुमार बिश्वकर्माले जानकारी दिए ।

‘ शिक्षित बनौ संगठित हौं, संघर्ष गरौं, जेठ २१ गते वुर्तिवाङ बजार जाऔं विविध कार्यक्रममा रमार्आ ’ भन्ने मुल नाराका साथ आयोजना गरिएको विशाल दलित आमसभामा प्रमुख अतिथीको आशनबाट ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले सम्वोधन गर्ने कार्यक्रम छ ।

त्यस्तै राष्ट्रिय दलित आयोकका कार्यवाहक अध्यक्ष मनजीत ताम्राकार लगायत पश्चिम बागलुङका स्थानिय तहका प्रमुख , उपप्रमुख लगायतका जनप्रतिनिधी, बुद्धिजिवी र दलित अधिकारकर्मीहरुले पनि सम्वोधन गर्ने छन ।

आमसभामा गल्कोट नगरपालिका, बडीगाड गाउँपालिका, तमानखोला गाउँपालिका , निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका पुरै दलित समुदाय उतार्ने कार्यक्रम रहेको संयोजक बिश्वकर्माले बताए ।

त्यस्तै छिमेकी गुल्मी र देशका विभिन्न क्षेत्रमा विशेष चर्चित दलित समुदायका ब्यक्तिहरुलाई पनि आमन्त्रण गरिएको संयोजक बिश्वकर्माले बताए । ५ हजार भन्दा बढी दलित अधिकारकर्मी उतार्ने तयारी अनुरुप बुर्तिबाङमा आजै देखि दलित जमघट सुरु भएको छ ।

यो पनि पढौँ:
जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका अवसरमा बुर्तिबाङमा विशाल दलित आम सभाको आयोजना !

भोलि विहानै देखि गाउँगाउँमा यातायात सुविधा पुराएर मानिसहरु ल्याउने र दिउँसो १२ बजेबाट ¥याली सुरु भई आम सभामा परिणत हुने आयोजकको भनाई छ । आमसभामा स्थानिय कला संस्कृति सहित चर्चित गायक तथा मोडल प्रकाश सपुुत , शन्तिश्री परियार, सीता परियार लगायतका कालाकारहरुको बेजोड प्रस्तुती समेत रहने छ ।

आमसभामा छुवाछुृत व्यवहारिक रुपमै सदाका लागि अन्त्य गर्नु पर्छ भन्ने उद्देश्यका साथ २०७५ चंैत्र ३ गते देखि सुदुर पश्चिमको चाँदनी दोधाराबाट सुरु भएको महाकाली–मेची ५४ दिने पदयात्राका दलित, गैह्र दलित अभियान्ता होम आचार्य, अशोक दर्नाल र रिता परियारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । उनिहरुले मेचीको काँकरभिट्टामा पुगेर ५४ दिने अभियान सफलता पुर्वक सम्पन्न गरेका थिए ।‘

आज भन्दा १४ बर्ष अघि गणतान्त्रिक सरकारले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरे पनि समाजका अहंकारी र अतिवादी मानिसहरुका कारण अहिले पनि दलित समुदायका मानिसहरुले छुवाछुत विभेद खेपीरहे कै छन ’– मुल समारोह समितिका संयोजक बिश्वकर्माले भने –‘ आम सभाको मुख्य उद्देश्य भने कै व्यवहारिक रुपमा विभेद र छुवाछुतको अन्त्य गराउन दबाब सिर्जना गर्नु हो ।’

उनले राज्यको विभिन्न क्षेत्रमा समेत दलित समुदायलाई समावेस गराउन नसकिएको र राज्यबाटै दलित समुदायको योगदान र क्षमताको कदर हुन अझै नसकेको गुनासो गरे । उनका अनुसार बागलुङको तमानखोला र निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा ५० प्रतिशत भन्दा बढि दलित समुदायको वाहुल्यता रहेको छ । त्यस बाहुल्य क्षेत्रका दलितहरु समेत सामाजिक विभेदको शिकार छन ।

उनीहरुलाई जागरुक बनाउनु र व्यवहारिक कार्यन्वयनका लागि सशक्त ढंगले दलित आन्लोलनमा उतार्नु आम सभाको अर्को उद्देश्य रहेको विश्वकर्माको भनाई छ । उन कै अगुवाईमा ७ बर्ष अघि दलित सञ्जाल बागलुङ क्षेत्र नम्वर २ गठन भएको थियो ।

सोही सगठनले त्यस यता दलित माथी हुने अन्याय अत्यचार र विभेद विरुद्ध सशक्त प्रतिकार गर्दै आई रहेको छ । ढोरपाटनको ढोरवराह मन्दिरमा दलित समुदायकै अगुवाईमा भव्य पुुजा चल्दै आई रहेको छ । पछिल्लो चरण शैक्षिक क्षेत्रमा पनि त्यहाँका दलित समुदाय अगाडी बढेका छन । खेलकुद र अन्य कला प्रतिभा, सामाजिक सभ्यतामा पनि अरु समुदाय भन्दा कम छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply