कोपिला कंडेल, बागलुङ २०७६ जेठ २० । समाजमा बढ्दै गएको लागु औषधको दुव्र्यसन नियन्त्रण तथा लागु औषध ओसारपसार रोकथामका लागि सबै जिम्मेवार बन्नुपर्ने बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।
म्याग्दी र पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी
जिल्ला प्रशासन कार्यालय बागलुङको समन्वयमा गृह मन्त्रालय लागु औषध नियन्त्रण शाखा काठमाडौले आयोजना गरेको लागु औषध नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्ने सहभागीले लागु औषधको रोकथाम र नियन्त्रणका लागि सबैले एक्यबद्धता जनाउनु पर्नेमा जोड दिए ।
विश्वब्यापी रुपमा रहेको लागु औषधको समस्याले नेपालमा पनि भयावह रुप लिदै गएको चर्चा गर्दै सहभागीहरुले यसको नियन्त्रणका लागि राज्य स्तरबाटनै प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए । लागु औषध नियन्त्रणका यसको उत्पादन र ओसार पसारमा कडाई गर्नुपर्ने सहभागीको भनाई थियो ।
सो अवसरमा बोल्दै लागु औषध नियन्त्रण अधिकारी एबं गृहमन्त्रालयका सहसचिव नारायण शर्मा दवाडीले लागु औषधको प्रयोगले हुने क्षेती न्युनीकरणका लागि राज्यका निकाय संगै सबै सरोकारवाला जिम्मेवार र जवाफदेही बन्नुपर्ने बताए । लागु औषध समाजिक एबं आर्थिक बिकासको बाधकको रुपमा देखा परेको छ , लागु औषध नियन्त्रण अधिकारी शर्माले अगाडी भने यसको नियन्त्रणका लागि सबैले साझेदारी र समन्वय गर्न आवश्यक छ । उनले अपराध संग जोडिएको लागु औषध नियन्त्रन्त्रणका लागि सबैले राज्यका सम्पुर्ण अंङ्गहरुलाई सक्रिय बनाएको दाबी समेत गरे ।
सो अवसरमा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख बिष्णु भुषालले लागु औषध लगायत समाजमा हुने बिकृति र बिसंगतिको अन्त्यका लागि स्थानिय निकाय चनाखो हुनुपर्ने बताउदै लागु औषध नियन्त्रणका लागि सबै सरोकारवालाले हातेमालो गर्नुपर्ने बताए ।
त्यसैगरी गृहमन्त्रालयका उपसचिव झंकप्रसाद ढकालले एक कार्यपत्र प्रस्तुत गर्दै नेपालमा लागु औषध प्रयोग डरलाग्दो रुपमा बढ्दै गएको चर्चा गर्दै लागु औषधको नियन्त्रणका लागि चौतर्फी अभियान संचालन गर्नुपर्नेमा जोड दिए ।्
त्यस्तै अर्का सहजकर्ता लागु औषध नियन्त्रण ब्युरो काठमाडौका गौतम थापाले बालबालिका लगायत युवा वर्गलाई कुलतमा फस्नबाट बचाउनका लागि सचेतना फैलाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बागलुङ्गका प्रहरी उपरीक्षक कृष्णहरि शर्मा, म्याग्दीका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनी, पर्वतका प्रहरी नायब उपरीक्षक श्याम अर्यालले लागु औषध बारे जिल्लामा प्रहरीले गरेका प्रयासका बारे आआफ्नो जिल्लागत कार्यपत्र प्रस्तुत गरेका थिए ।
सो अवसरमा बा.न.पा ४ का वडा अध्यक्ष ध्रुब बहादुर केसी औषधी ब्यवसायी सघंका अध्यक्ष टेक नारायण केसी, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र श्रेष्ठ, बिवाईसी बागलुङका अध्यक्ष मणिभद्र शर्मा नेपाल पत्रकार महासघं बागलुङ शाखाका सल्लाहकार कोपिला कंडेल जिल्ला सहकारी सघंका कोषाध्यक्ष अञ्जु जिसी शिक्षक प्रतिनिधी कुलराज पौडेल, पुर्नस्थापना केन्द्रका सुवास खड्का महिला हित सहकारीका अध्यक्ष लिला खड्का सेभ द युथका अध्यक्ष मनिष रायमाझी चन्द्र क्षेत्री शिव शर्मा लगायतले आआफ्नो धारणा ब्यक्त गरेका थिए ।
कार्यक्रम बागलुङका प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीको अध्यक्षता र लागु औषध नियन्त्रण शाखा अधिकृत किरण सुबेदीको संचालनमा सम्पन्न भएको थियो ।