Sorry, that menu does not exist.
 

कांग्रेस प्रवक्ता शर्मा भन्छन् ‘जनताले एक वर्षमै कम्युनिष्ट सरकारकाे स्वाद चाख्न पाए !

मनु सुनार, गुल्मी २०७६ जेठ २० । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जनताले एक वर्षको अवधिमै कम्युनिष्ट सरकार चाख्न पाएको बताका छन् । नेपाली कांग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानका क्रममा गुल्मी आएका प्रवक्ता शर्माले नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघले संयुक्त आयोजना गरेको बृह्त आम सभालाई सम्बोधन गदै यस्तो बताएका हुन । कम्युनिष्ट सरकार आएपछि नेपाली जनतामाथि ऋणको भारी थपिएको बताउँदै मृल्य वृद्धि र भष्ट्राचार मौलाएको उनले दाबी गरे ।

उनले भने ‘वर्ष दिनका लागि ग्यारेन्टी लिएर आएको सामान ल्याएको दिनमा नै फुटे जस्ताे त्यसरी नै नेपाली जनतालाई कम्युनिष्ट सरकार सरकार चाख्ने अवशर मिलेको छ ।’प्रधानमन्त्री केशी शर्मा ओलीले देशलाई नविन ढङ्गले लिएर जान सक्ने क्षमता राख्नुपर्ने बताए ।

उनले भने ‘कांग्रेसले ठुलो प्रतिकुलताका बिच पनि निर्वाचन गरायो’तर वर्तमान् सरकारलाई काम गर्ने अनुकुलता भएपनि प्रधानमन्त्रीले क्षमता प्रर्दशन गर्न नसकेको आरोप समेत लगाए ।

वर्तमान् सरकारले सस्तो लोकप्रियता मात्रै कमाएको भन्दै प्रधानमन्त्रिले देशलाइ समृद्धितर्फ लैजान नसकेको बताए । कंग्रेस सरकारमा रहँदा ठुप्रै विकास निर्माणका कामहरु भएपनि गएको निर्वाचनमा कंग्रेसले केही गरेर भनेर प्रचार गरिएको बताए ।

प्रवक्ता शर्माले कम्युनिष्ट सरकारले हाकाहाकी दिने भनेको वृद्धभक्ता अहिले किस्ता किस्तामा लगेको बताए । उनले कंाग्रेसले सडक र सदनमा आवाज उठाएर मात्रै अहिले वृद्धभक्ता वृद्धि भएको बताए ।

प्रवक्ता शर्माले जनकपुर चुरोट फ्याक्ट्री उद्योग कंग्रेसले बन्द गर्र्यो भन्ने आरोप खेप्दै आएको प्रसँग जोड्दै अब गरिब देशले चुरोट उत्पादन गरेर बस्न नहुने बताए । कंग्रेसले चुरोट उपलब्ध गराउन नसके पनि चुरोट खाएर क्यान्सर भयो भने उपचारका लागि भरतपुरमा क्यान्सर अस्पताल निर्माण गरेको उल्लेख गरे ।

यस्तै प्रवक्ता शर्माले प्रेस स्वतन्त्रता कुनै दल वा व्यक्तिको कृपाले नआएको बताए । उनले भने ‘पत्रकारको कलम बन्द गरिए, पत्रकारले लेख्नै नपाए, कमजोरी देखाइदिन नपाए,राजनैतिक नेता कसरी बद्लिने ?’ पत्रकारले प्राप्त गरेको प्रेस स्वतन्त्रता पत्रकार आफैले रगत बगाएर ल्याएको बताए ।

प्रेस स्वतन्त्रताको पक्षमा कांग्रेस सधै दृढताका साथ उभिएको भन्दै त्यही भावना,चाहना र बलिदानलाई सम्मान गरेर आफूहरु अघि बढ्ने समेत बताए ।

कार्यक्रमलाई नेपाली कंग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठ,नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जितजङ्ग बस्नेत,नेपाल महिला संघका जिल्ला अध्यक्ष लक्ष्मी पाण्डेय लगायतले सम्बोधन गरेका थिए । नेपाल तरुण दल गुल्मीका अध्यक्ष भरत भलामीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन नेपाल बिद्यार्थी संघका अध्यक्ष झविन्द्र पाण्डेयले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply