माधव पराजुली
यति बेला ईन्जोय जोनको बिषयले देशनै तताएको छ । एक सार्वजनिक कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन मन्त्रीले दिएको अभिव्यक्तिले चोक चोकमा गफिने तथा बाद्बिवाद गर्ने माध्यम बनेको छ,त कतै राजनिति गर्नेहरु लाई विरोधको झ्याली पिट्ने रफत समेत बन्न पुग्यो । प्रमुख प्रतिपक्ष दलले यहीँ बिषयलाई ठुलो इस्यू बनाएर संसद अबरुद्ध समेत ग-यो ।
मन्त्रीले एक कार्यक्रममा उठाएको ईन्जोय जोनको बिषयले देशका राष्ट्रिय देखि स्थानिय मिडियाहरुमा समेत राम्रै स्थान पायो ।
मिडियाहरुले हरेक दृष्टिकोण बाट समाचार प्रकाशन गरे भने लेखक तथा साहित्यकारहरुलाई समेत गतिलो मसला बन्न पुग्यो ईन्जोय जोन ।
लेख्ने लेखनदासहरुले यस बिषयलाई लिएर नकारात्मक र सकारात्मक दृष्टिकोण बाट लेखेको पाइयो । सकारात्मक भन्दा पनि नकारात्क दृष्टिकोण बाट लेखेको र बिश्लेषण गरेको अल्ली बढीनै बाहीर आयो ।
केही मिडियाहरुले इन्जोय जोनलाई सेक्स गर्ने र गाँजा,भाँग,रक्सि खाने थलोको रुपमा चित्रण गरे भने लेखकहरुले पोखरा पटाया र इन्जोय जोन, सुन्दर पोखरा सेक्सको थलो भनेर प्रकाश पार्न थाले ।
एक सार्वजनिक पदधारण गरेको व्यक्तिले इन्जोय जोन बनाउने परिकल्पनात गरे होलान तर उनले कल्पना गरेको इन्जोय जोन त्यस्तो थिएन् जुन सेक्स गर्ने,रक्सी खाने,गाँजा खाने थलो । कानुनले वर्जित गरेको बिषयवस्तुहरु इन्जोयजोनमा कसरि हुन सक्लार ?
आखिर के हो इन्जोय जोन अर्थात आनन्दमय क्षेत्र आउनुहोस् इनजोय जोनलाई हामी सकारात्मक दृष्टिकोण बाट विश्लेषण गरौँ । इन्जोयन जोन अर्थात आनन्द लिने ठाउँ । इन्जोय जोन भनेकोनै आनन्दमय क्षेत्र हो । नेपाल यसै पनि आनन्द लिने देश हो । अझ पोखराकोत कुरै नगारौँ । पोखराको ऐतिहासिक, सांस्कृतिक, सामाजिक पृष्ठभूमिको जगमा उभिएर हेर्दा यो स्वच्छता र सौन्दर्यको एउटा ध्यान भूमिनै हो । पोखरा प्रकृति, सँस्कृति तथा साहसिक खेलको लागि प्रसिद्ध मानिन्छ । गण्डकी प्रदेश सरकारको गठनसँगै प्रदेश सरकारले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको छ । यस क्षेत्रका पर्यटकीय सम्भावनाहरुको अध्ययन अनुसान्धन पूर्वाधार निर्माणमा पर्यटकलाई चाहिने न्यूनतम आवश्यकताको खोजी गरिरहेकै होला । पोखरामा व्यवसायहरुबाट चल्दै आएको पर्यटन व्यवसायीलाई कसरी प्रतिस्पर्धात्मक रुपमा विकास गर्न सकिन्छ भन्ने विकासमा विभिन्न विज्ञहरुसित परामर्श, छलफल पनि गर्दै आएको छ । यसका लागि सबैभन्दा पहिला दक्ष जनशक्ति, पूर्वाधार निर्माण, स्पेशल पर्यटन क्षेत्रको विकास गर्न यसको अध्ययन गर्नु सम्भावनको खोजी गर्न आवश्यक छ । पर्यटन बाट समृद्धि हासिल कसरि गर्न सकिन्छ त्यस तर्फ सोच्न आवश्यक हुन्छनै ।
बन्दै गरेको पोखरा विमानस्थल सञ्चालनपछि अन्तर्राष्ट्रिय पर्यटन बजारबाट सिधै गण्डकी प्रदेशको राजधानी पोखरामा पर्यटकहरु आउदैछन् । र यहाँको ब्राण्ड गर्विलो गण्डकी ९न्यिचष्यगक न्बलमबपष्० एवं यहाँको नेचर, कल्चर र एडभेन्चर संसारकै उत्कृष्टमध्ये एक मानिन्छ । यस्तो शहरमा पर्यटकका लागि स्पेशल एउटा पर्यटकीय क्षेत्र बनाउन आवश्यक छ ।
अहिले भएको हाम्रो लेकसाइडले यो मागलाई धान्न सक्छ कि सक्दैन ?त्यस तर्फ पनि सोच्न आवश्यक छ । हाम्रो लेकसाइडमा निजी आवासदेखि मठ, मन्दिरदेखि, किराना पसलदेखि सबै चिज एकै ठाउमा छन् । यसले पर्यटकमा स्पेसल पर्यटकीय एरियामा रहनुपर्ने सबै चिज उपलब्ध गराउन सकेको छैन । पर्यटक भनेको आनन्द लिनका लागि, घुम्नका लागि, खर्च गर्नका लागि र सबै सेवा एउटै छातामुनिबाट लिनका लागि लालयित हुन्छन् । हामीसँग पर्यटकको माग अनुसारको सबै पूर्वाधार निर्माण गर्न त्यस्तो जमीन लेकसाइडमा उपलब्ध नहुन सक्छ । सन् २०२० को नेपाल भ्रमण बर्ष र सन् २०२२ को प्रदेश भ्रमण बर्ष सफल बनाउन र पर्यटकलाई सहज रुपमा स्तरीय सेवा उपलब्ध गराउन एक नयाँ क्षेत्रको विकास गर्नु अहिलेको अनिवार्य आवश्यकता भएकाले वा नयाँ पर्यटकीय गन्तव्य बनाउनको लागि ईन्जोय जोनको कुरा आएको होला यसलाई यसरी पनि बुझ्न सक्छौँ ।
हामी प्रकृति सँग रमाउदै ताल,हिमाल,डाँडा,काँडा हेरर पनि इन्जोय गर्न सकिन्छ । पर्यटकलाई जतिसक्दो लामो ‘होल्ड’ गराउन र खर्च बढाउन प्याराग्लाइडिङ, बन्जी जम्प, ¥याफटिङ, क्यानोनिङ, माउन्टेन बाइकिङ, वाटर बलिङ, ट्युबिङ, हाइकिङ जस्ता अनेकन साहसिक खेलहरू फेवा ताल वरिपरिका भागमा राखी ईन्जोय जोन बनाउने सरकारको कुरा हुन सक्छ । यीनै माध्यमबाट पर्यटक लाई आकर्षित गर्न इन्जोयन जोन नामाकरण गर्न पनि मिल्यो । हल्लनचोकदेखि पामेसम्म, सरागंकोटदेखि कास्कीकोटसम्म, कुभिन्डेदेखि मट्टीखानसम्म ढिकीडाँडादेखि गल्याङ्गसम्म, रुपादेखि बेगनाससम्मका ठाँउहरुको अध्ययन गरी यी ठाँउहरुमा पर्यटनको मात्र पूर्वाधार निर्माण गर्ने वातावरण बनाउने जस्तै होटेल, विभिन्न देशको खानाको स्वाद प्रदान गर्ने एउटै रेष्टुरेष्ट, लाइब्रेरी, नेपाली म्युजिक कल्चर, बहुसांस्कृतिक ग्राम, चिल्डेन पार्क, डिम गार्डेन, जिम हल, एडभेन्चर स्पोर्टस, जल क्रियाकलाप, सन बाथ, मेडिटेसन सेन्टर, फिस मसाज, योगा, सौभेनियर सप, फन पार्क, आइटि पार्क, गुफा, प्राणी उद्यान, हिल स्टेसन, स्मारक, आर्ट ग्यालरी, पर्यटक सूचना केन्द्र, तातोपानी इत्यादि एकै ठाउँमा बनाउने र त्यसलाई ईन्जोय जोन बनाउने सरकारको योजना पनि हुन सक्छ ।
यस जोनको नाम जे राख्न पनि सकिन्छ जस्तै इन्जोय जोन, रिक्रियसन सेन्टर, रिफ्रेस सेन्टर, पर्यटकीय केन्द्र । यस्तो एउटा सकारात्मक कामलाई सञ्चार समुदाय र सामाजिक सञ्जालले नकारात्मक बिषयसँग जोडेर बहस गर्नु समाजको नकारात्मक परिणामको उपज हो ।
हामी सजिलै बुझ्न सक्छौँ पोखरालाई पटयाको रुपमा विकास गर्न हामीलाई फलामको चिउरा चपाउनु सरह हुन पुग्छ । कानुनले वर्जित गरेका कुराहरुत कसरिनै गर्न मिल्छ र ?
सरकारको एक सकरात्मक कदमलाई हामी नकरात्मक दृष्टिकोण बाट टिप्पणी गरेर इन्जोय जोन भनेको रेडलाईट एरिया हो भन्नु वा सेक्स,रक्सी,गाँजा खाने थलोहो भन्ने अर्थ लगाउनु गलत हो ।
प्याराग्लाइडिङ, बन्जी जम्प, ¥याफटिङ, क्यानोनिङ, माउन्टेन बाइकिङ, वाटर बलिङ, ट्युबिङ, हाइकिङ जस्ता अनेकन साहसिक खेलहरू एकै स्थानमा खेल्न पाईने तथा ताल,हिमाल,डाँडा,काँडा एकै ठाउँमा बसेर हेर्न पाईने यस्ता खालका मनोरञ्जनका लागि आवश्यक सबै सुविधा एकै ठाउँमा उपलब्ध गराउनुनै ‘इन्जोय जोन’ हो भन्ेर हामीले किन नबुझ्ने ? इन्जोय जोनको बहसलाई पुरै थाइल्यान्डको पटाया सम्म लगेर बहस चलाउनेहरुले इन्जोय जोनलाई हिमाल,ताल,प्रकृति,संस्कृति एकै ठाउँमा पाईने त्यस्तो अलौकिक आनन्द प्राप्त गर्ने ठाउँको रुपमा कलम र आवाज किन नउठाउने ?
प्रकृति र संस्कृति एउटै प्याकेजमा पाउने एक ठाउँ इन्जोय जोन हो । इन्जोय जोनको बहस पूरै रेड लाइटमा केन्द्रित गरिरहदा हामीले लेखेको आलेखले कतै यौन क्रियाकलाप,जाँड,रक्सि र गाँजालाई प्रश्रय दिईरहेको त छैन ? हामीले लेखेको त्यस्तो आलेखले समाजका नागरिकहरुलाई रेडलाइट एरियाको आवश्यकता महसुस गराउन बाध्य समेत पार्न सक्छ । त्यसैले हामीले हरेक कुराहरुलाई सकारात्मक दृष्टिकोण बाट हेर्नु र बुझ्नुपर्दछ ।
पर्वत फलेवास
हाल पोखरा ।
२०७६ जेठ २१ ।