Sorry, that menu does not exist.
 

आजको तस्वीर : बुर्तिवाङमा यस्तो देखियो दलितहरुको भेला !

शव्द/चित्र : दर्शन कुँवर

बुर्तिवाङ २०७६ जेठ २१ । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङ बजारमा अहिले ढोरपाटन नगरपालिकाको आर्थिक सहयोगमा र दलित सन्जाल क्षेत्र नं २ को आयोजनामा विशाल दलित आमसभा जारी रहेको छ । आमसभामा सहभागी निसीभूजी क्षेत्रका दलित समुदायको बाख्लो उपस्थितिका वीच बुर्तिवाङ बजार परिक्रमा गरिएको छ । बजार परिक्रमा पश्चात स्थानीय बसपार्कमा आयोजित आमसभमा दलित नेतृत्वहरुबाट सम्वोधन गर्ने कार्य जारी रहेको छ ।

दलित समुदायहरुले आआफ्ना संस्कृति झल्किने भेषभुषा, उनिहरुले प्रयोगगर्ने साँस्कृतिक बाजा गाजाहरु सहित बजार परिक्रमा गरेका थिए । आयोजकले विभिन्न भागहरुबाट जनसमुह जुटाउन निशुल्क यातायाता सेवाको व्यवस्था मिलाएको छ ।

‘ शिक्षित बनौ संगठित हौं, संघर्ष गरौं, जेठ २१ गते वुर्तिवाङ बजार जाऔं विविध कार्यक्रममा रमार्आ ’ भन्ने मुल नाराका साथ आयोजना गरिएको विशाल दलित आमसभामा प्रमुख अतिथीको आशनबाट ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले सम्वोधन गर्ने कार्यक्रम छ भने विभिन्न दलित नेताहरुले आामसभालााई सम्वोधन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन् । दलित आमसभामा सांगीतिक कार्यक्रमको पनि आयोजना गरिएको छ ।

बुर्तिवाङमा आयोजित विशाल दलित सभालाई ऐतिहासिक सावित गर्न आयोजक पक्ष लागी परेको अवस्था छ भने दलितहरुबाट नै सामाजिक सन्जालमा यसको विरोध गर्दै अनावश्यक खर्च भनेर टिप्पणी सुरु भएको छ । दलितको नाममा यसरी फजुल खर्च गर्न नहुने उनिहरुले बताएका छन् । ढोरपाटन नगरपालिकाको आर्थिक सहयोगमा भैरहेको यस दलित आमसभालाई लिएर टीका टिप्पणी सुरु भएको छ ।

प्रस्तुत छन आमसभाको केहि तस्वीरहरु ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply