Sorry, that menu does not exist.
 

रत्नलक्ष्मी मावि रिघाको हिरक महोत्सव तयारी सुरु, पत्रकार सम्मेलनमै झण्डै ६ लाख बोल !

कमल पौडेल, गल्कोट २०७६ जेठ २२ । गल्कोट नगरपालिका वडा नं. ११ रिघाले रत्नलक्ष्मी माध्यमिक विद्यालयको आगामी २०७६ साल मंसिरमा हुने हिरक महोत्सवको तयारी ६ महिना पहिले देखीनै सुरु गरिएको छ । प्रविधियुक्त गुणस्तरीय शिक्षा, सुदृढ भौतिक पूर्वाधार हाम्रो ईच्छा’ भन्ने नारा सहित सम्पन्न हुने महोत्सवलाई विद्यालयको आर्थिक श्रोत वृद्धि महोत्सवको रुपमा विद्यालयले मनाउन लागेको बताईएको छ ।

मंगलवार विद्यालय परिसरमै पत्रकार सम्मेलन गरि हिरक महोत्सवको पुस्तिका सार्वजनिक गर्दै गल्कोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचा मगरले पूर्व विद्यार्थी लगाएतले विद्यालयलाई के दिन सक्या ैं? भन्ने बुझ्नुपर्ने भन्दै पूर्व विद्यार्थीहरु एक जुट हुनुपर्ने वताईन् । विद्यालयलाई सहयोग गर्ने वेला आएको भन्दै आफू पूर्ण सहयोग गर्न तयार रहेको जानकारी दिईन ।

कार्यक्रमकै अवसरमा वडा अध्यक्ष डम्बर श्रीसले सवै क्षेत्र एकतावद्ध भएर हिरक महोत्सव सफल पार्न आग्रह गरे भने विद्यालय व्यावस्थापन समितिका सदस्य आशा राना श्रीसले सवै अभिभावक एक जुट भएर महोत्सव सफल पार्ने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष तारा बहादुर पुनको अध्यक्षता, शिक्षक देव विश्वकर्माको स्वागत मन्तव्य तथा शिक्षक नारायण पौडेलको संचालनमा सम्पन्न भएको थियो। २०१६ सालमा स्थापना भएको विद्यालयले ६० औं वर्षको अवसरमा विविध कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

हिरक महोत्सवमा आयोजना गरिने कार्यक्रम यस्ता छन्

२०७६ मंसिर २५ गते देखि २९ गते सम्म हुने महोत्सवमा खुल्ला फुटवल प्रतियोगीता, अन्तर विद्यालय छात्र छात्रा भलिबल प्रतियोगीता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगीता, अन्तर मावि (कक्षा ९ देखि १२) स्तरीय ३ कि.मि. म्याराथुन दौड प्रतियोगिता, मावि तह स्तरीय हाजिरि जवाफ प्रतियोगीता, आधारभुत तह स्तरीय रिले दौड प्रतियोगीता, अभिभावक रस्सा कसी प्रतियोगीता लगाएतका कार्यक्रम सञ्चालन गर्ने विद्यालयले जनाएको छ ।

विद्यालयलाई आर्थिक सहयोग गर्ने दाताहरुको सम्मान

विद्यालयलाई सहयोग गर्ने सहयोग दातालाई सम्मान गर्ने विद्यालयले जनाएको छ । जस अन्तरगर्त ५ लाख भन्दा वढि सहयोग गर्ने सहयोग दाताको नाम बाटै कक्षाकोठाको नामाकरण गर्ने, १० लाख भन्दा वढि सहयोग गर्ने सहयोग दातालाई अर्धकदको तस्वीर शिलामा कुँदेर विद्यालय भित्र राखिने लगाएतका सम्मान गर्ने जनाएको छ ।

महोत्सव सफल पार्न गठित समितिको यस्तो छ खाका

पहिलो पटक वार्षिकोत्सवलाई महोत्सवमा रुपान्तरण गर्न लागेको विद्यालयले महोत्सवलाई सफल वनाउनको लागी विभिन्न समितिहरुको गठन गरेको छ । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष तारा वहादुर पुनको अध्यक्षतामा मुल कार्यकारिणी समितिको गठन गरको छ । त्यस्तै धन वहादुर श्रीसको संयोजकत्मा आर्थिक उपसमिति, शिक्षक नारायण पौडेलको संयोजकत्वमा प्रचार प्रसार तथा जनसम्पर्क उपसमिति, लगाएतका उपसमितिहरुको गठन गरिएको छ ।

त्यस्तै वैदेशिक सहयोग जुटाउनको लागी युकेको लागी भिम बहादुर पुन, दिपक काउचा, भिम बहादुर श्रीस, हङकङको लागी ओम बहादुर भुजेल, टिका श्रीस, बम बहादुर पुन, कोरियाको लागी लोक वहादुर श्रीस, लोक बहादुर काउचा, नर बहादुर दर्लामी, जापानको लागी भुवन शर्मा, मिलन श्रीस, यम बहादुर भुजेल, चम्फा काउचा, लगाएतलाई जिम्मेवारी तोकेको विद्यालयले जनाएको छ। त्यस्तै देश भित्र वुटवलको लागि चुरा बहादुर घर्ती, वेद प्रकाश पुन, दुध बहादुर श्रीस, तारा बहादुर पुन, यम बहादुर श्रीस, दिपक पुन, दिपक श्रीस, जयलाल विक, कर्ण बहादुर विक, भिम बहादुर श्रीस, चितवनको लागि पूर्व प्रधानाध्यापक दामोदर शर्मा, काठमाडौंको लागि भिम बहादुर श्रीस, चित्र बहादुर श्रीस, कर्म पुन, दिल वहादुर पुन, पोखराको लागि लाल प्रसाद घर्ती, मन वहादुर श्रीस, गंग बहादुर बुढाथोकी, भिम बहादुर श्रीस, डम्बर बहादुर राना, बागलुङको लागी यम कुमारी घर्ति काउचा लगाएतलाई जिम्मा दिने निर्णय गरेको छ ।

सोहि अनुरुप विद्यालयको टोली देशका विभिन्न भागमा पुगी सहयोग जुटाउने समय तालिका समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलन दिईएको जानकारी अनुसार विद्यालयको टोली असार २ र ३ गते बुटवल, असार ४ गते नवलपरासी र चितवन, असार ५ गते काठमाडौं, असार १४ गते पोखरा जाने, तथा स्थानिय स्तरमा असार २३ गते सानोरिघा, २५ गते विहान अमर्छा र दिउसो मनेवा पाटामा टोलभेटघाट गर्ने गरि कार्यक्रम तयारी गरेको छ ।्

विद्यालयलाई सहयोग गर्नेहरुको लर्कौ

महोत्सवको तयारी संगै सहयोगी हातहरु वढ्दै गएका छन्। पत्रकार सम्मेलनमै स्थानिय भिम बहादुर श्रीस (भविलाल)ले २ लाख ६१ रुपैयाँ, प्रधानाध्यापक तुल वहादुर श्रीसले १ लाख ६१ रुपैयाँ, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष एवं मुल समारोह समिति संयोजक तारा वहादुर पुनले १ लाख ६१ रुपैयाँ सहयोग घोषणा गर्नुभएको छ। त्यस्तै स्थानिय समेत रहनुभएकी गल्कोट नगरपालिकाका उपमेयर रेनुका काउचाले ६० हजार ६१ रुपैयाँ, पूर्व शिक्षक राम प्रसाद पुनले ५० हजार ६१ रुपैया, दल बहादुर श्रीसले ५० हजार ६१ रुपैयाँ र वडा अध्यक्ष डम्बर बहादुर श्रीसले ३० हजार ६१ रुपैयाँ (झण्डै ६ लाख) सहयोग गर्ने घोषणा गरेपछी आयोजक उत्साहित बनेका छन् । महोत्सवको अवसरमा ३ करोड वढि सहयोग उठाउने लक्ष्य रहेको मुल समारोह समितिका अध्यक्ष तारा वहादुर पुनले वताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply