Sorry, that menu does not exist.
 

काठेखोला ६ बिहुंमा ७० प्रतिशत योजना सम्पन्न, कृषि उत्पादन मार्फत ३ करोड आम्दानी !

कोपिला कंडेल, बिहुँ बागलुङ २०७६ जेठ २२ । काठेखोला गाउंपालिका वडा नम्वर ६ ले चालु आर्थिक बर्षको योजना मध्य ७० प्रतिशत योजना सम्पन्न गरेको छ । वडाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी वडाले संचालन गरेका अधिकाशं योजना सम्पन्न भईसकेको र बाकी ३० प्रतिशत मात्र निर्माणको चरणमा रहेको वडा अध्यक्ष युक्त प्रसाद कंडेलले जानकारी दिए । कँडेलका अनसार सुन्तला प्याकेज सडक निर्माण तथा खानेपानी योजनालाई बिशेष प्राथमिकताका साथ अगाडी बढाएको छ । कृषि र पशुपालनको प्रसस्त सम्भावना रहेको वडामा चालु आर्थिक बर्षमा ३ करोड ४१ लाख रुपयां कुल आम्दानी समेत भएको कंडेलले जानकारी दिए ।

वडामा दुध बिक्रिबाट मात्र १ करोड ३५ लाख ९० हजार सुन्तला बिक्रि बाट १ करोड ५० लाख, कागती ८ लाख ९५ हजार अम्बा ४ लाख ५० हजार बराबरको बिक्रि भएको छ ।

त्यसैगरी कुखुरा पालनबाट ५ लाख २० हजार र खसी बोका बिक्रिबाट ३ लाख ९० हजार रहेको र कुल खर्च कटाएर करीब ३ करोड ४१ लाख बढि आम्दानी भित्राउन सफल भएको वडा अध्यक्ष कंडेलले बताए । कंडेलका अनुसार वडा भित्र १ घर १ धारा अभियान समेत संचालन गरिने छ । कृषि आधुनिकिरण अन्र्तगत वडा भित्रका किसानहरुलाई बिशेष अनुदानमा मिनिटेलर हलो,तरकारी तथा अन्य नगदेबालीलाई सुरक्षित गराउनका लागि बिभिन्न बिउ बिजन तथा किटनासक औषधी वितरण लगायतका राहत प्रदान गरिएको छ । आगामी दिनमा माटो सुधार कार्यक्रम संचालन गरिने अध्यक्ष कंडेलले बताए ।

सो अवसरमा नेपाल पत्रकार महासघं बागलुङ्ग शाखाका अध्यक्ष दिल शिरिष पुर्ब अध्यक्ष राम बहादुर जिसी ने.क.पा वडा नम्वर ६ का अध्यक्ष थानेश्वर कंडेल नेपाली कांंग्रेसका भवानी शंकर कंडेल र राप्रपाका अध्यक्ष देबी प्रसाद कंडेल लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम वडा अध्यक्ष युक्त प्रसाद कंडेलको अध्यक्षता सदस्य मनोहर कंडेलको स्वागत मन्तब्य र अमृता पुनको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply