Sorry, that menu does not exist.
 

बागलुङ, गुल्मी र प्यूठानको संगमस्थल बडीगाड १० को गंगरेमा जेठ २० गते मेला जारी

माधब खरेल, बागलुङ २०७६ जेठ २३ । बागलुङ, गुल्मी र प्युठान जिल्लाको संगम स्थल गंगरेमा जेठ २० मेला जारी रहेको छ । बडीगाड गाँउपालिका वडा नम्बर १० मा रहेको युथ युनिटी क्लवले आयोजना गरेको ऐतिहासिक ‘जेठ २० गंगरे मेला २०७६’ जेठ २० मेलाको हिँजो तेस्रो दिनमा पनि विविध कार्यक्रम सम्पन्न भएका छन ।

जेठ २० मेलाको हिँजोको कार्यक्रममा युथ युनिटी क्लबका अध्यक्ष बालिसोर बुढाको अध्यक्षता मालिका गाउपालिका वडा न ३ का वडा अध्यक्ष वीरेन्द्र बुढाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा समाजसेवी पुठासिंह बुढा, उमा गुरुङ, प्रत्रकार माधब खरेल, सतिराम थापा, हितलाल बि क, टेकबहादुर छन्त्याल, लाल बहादुर बुढा, मालिका गाउपालिकाका प्राबिधिक दिपक के सी, कोपिला थापा लगायतको पनि आछिथ्यता रहेको थियो ।

कार्यक्रम क्लबका सह सचीव ज्ञानमाया घर्तीको स्बागत मन्तब रहेको कार्यक्रममा बक्ताहरुले गगरे एउटा रमणीय क्षेत्र भएकोले यसको बिकास गर्न सके स्थानीय तथा बाह्य पर्यटकहरु भित्राउदै गगरेको बिकास गर्ने सकिने बताएका थिए ।

स्थानीय समाजसेवी एवं क्लबका सल्लाहाकार पुठासिंह बुढाका अनुसार प्रत्यक बर्ष जेठ २० गते घना जङ्गलको बिचमा पाईने गजिङ नामको निगालो ९चोया० त्यसको टुसा मानिसले खाने भएकोले र त्यो टुसा काट्न लागि त्यहा गुल्मी बागलुङ र प्युठानका धेरै युवा युवती आउने र उनिहरुले ल्याएको खानेकुरा खाने अनि तरुनी तन्नेरी मिलेर दोहोरी गीत गाउदै रमाईलो गरिन्थ्यो भनेर बुढापाकाहरुले भन्ने गरेको श्रुतिस्मृति रहेको छ ।

गंगरेबाट धेरै टाढा अग्ला डाडाकाडा हिमश्रृङ्खला पर्यटकीय गाउँहरुको अबलोकन गर्न पाइने भएकोले पनि जेठ २० मेलाको महत्व बढेको छ। पहिले पुष्पान्जलि युवा क्लबले मेला लगाएको थियो बिगत २०७० साल देखि युथ युनिटी क्लवलले यो कार्यक्रमको आयोजना गर्दै आएको छ।

हिँजो भलिबल खेलमा सहभागीता रहेका ज्ञड टिम मध्ये ड टिमको खेल सम्पन्न भएको छ जसमा धौलागिरी बिकास युबा कल्ब ए र बी निगलपानी र आयोजक ए र बी अघिल्लो चरणमा प्रवेश गरेका छन भने कार्यक्रममा स्थानीय नृत्य र स्थानीय कलाकारको साँगीतिक प्रस्तुति रहेको थियो । हिँजोको कार्यक्रमको सन्चालन कल्ब सचीव मोहन बुढा मगरले गरेका थिए । कार्यक्रममा गुल्मी बागलुङ प्युठानका हजारौं मानिसले कार्यक्रमको अबलोकन गरेका छन् । कार्यक्रम अझै जारी रहने आयोजकले जनाएको छ ।

फाईल तस्वीर ।

यो पनि पढौं:
बागलुङको दर्लिङमा लाग्ने ऐतिहासिक ‘गंगारे मेला’ एक चर्चा !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply