पूर्णभद्र निउरे, ताराखोला २०७६ जेठ २३ । २० औ सरसफाइ सप्ताहको अबसरमा ताराखोला १ अमरभुमीमा वातावरण सम्बन्धी लोकगीत प्रतियोगिता सम्पन्न भएको छ ।
संघ ,प्रदेश र स्थानीय सरकार पूर्ण सरसफाइ समृद्धिको आधार भन्ने मुल नाराका साथ ताराखोला गाउँपालिकाको आयोजनामा कार्यक्रम गरिएको ताराखोला गाउँपालिका की स्वास्थ प्रबर्धक मेनुका पुनले जानकारी दिईन्।
कार्यक्रमका अबसरमा आयोजना गरिएको लोकगीत प्रतियोगितामा सुमित्रा बि क र पूर्ण माया बि क को समूह प्रथम, दिपा पुन र बिमा बि क को समूह व्दितीय र धनमाया बिक र तारादेबी दर्जीको समूहले तृतीय स्थान हासिल गरेका थिए ।
कार्यक्रममा मन्तव्य राख्दै ताराखोला गा पा का स्वास्थ प्रबर्धक मेनुका पुनले ताराखोला गाउँपालिकालाई पूर्ण सरसफाइ युक्त गाउँपालिका घोषणा गर्नका कार्यक्रम अगाडि बढी रहेकाले सबैले आ आफ्नो ठाउबाट सहयोग गर्न अनुरोध गरेकी थिईन् ।
कार्यक्रममा समाजसेवी क्याप्टेन दल बहादुर गुरुङ , कृषि प्राबिधिक कमला आचार्य , शिक्षक हरि प्रसाद शर्मा लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम शुरु हुनु पुर्व जनप्रेम मा बिका बिद्यार्थीहरु ले सरसफाइ सम्बन्धि प्ले कार्ड सहित चेतनामुलक रयाली निकालेका थिए । रयाली वडा न १ को वडा कार्यालयमा पुगेर सभामा परिणत भएको थियो ।
कार्यक्रम वडा न १ का वडा सदस्य रुमा बि क को अध्यक्षता , जनप्रेम मा बि का शिक्षक टेक बहादुर पुन को संचालन र तेजुमाया गुरुङ को स्वागतमा सम्पन्न भएको थियो ।