गुमानसिँह भण्डारी गल्कोट २०७६ जेठ २३ । गल्कोट नगरपालिकाले पहिलो पटक आयोजना गरेको प्रथम मेयरकप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको बिहीबार उदघाटन गर्दै नगरप्रमुख भरत शर्मा गैरेले सामुदायिक र सस्थागत विद्यालय विचको सम्बन्ध नजिक बनाउनका लागि प्रथम मेयरकप रनिङ्ग शिल्ड प्रतियोगिताको आयोजना गरिएको बताए । सस्थागत र सामुदायिक बिच देखिने मतभिन्नताको खाल्डोलाई पुर्न सके मात्र नगरभित्रको शिक्षा गुणस्तरिय बन्ने भन्दै नगरप्रमुख गैरेले कार्यत्रmम प्रभावकारी तरिकाले अगाडि बढाउन आग्रह गरे। विद्यार्थीमा भएका अन्तरनिहीत प्रतिभालाई बाहिर ल्याउनका लागि कार्यत्रmमले कोशेढुङ्गाको भुमिका खेल्ने गैरेले विश्वास ब्यत्तm गरे ।
कार्यत्रmममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले विद्यार्थिलाइ शैक्षिक संगै खेलकुदका माध्यमबाट समेत अगाडि बढाउनुपर्ने बताउदै उनले बजेट सक्नका लागि मात्रै कार्यत्रmम गर्ने प्रबृतिको अन्त्य गर्ने उदेश्यले विद्यार्थीका क्षमता मापन गर्ने कार्यत्रmम सञ्चालन गरेको बताए।
पहिलो दिन माध्यमिक विद्यालय स्तरिय छात्र, छात्राहरूको पहिलो र केहि दास्रो चरणका खेल भएका छन । त्यस्तै लंगजम्म र मार्चपास लगायतका प्रतियोगिताहरू सम्पन्न भएका छन । कार्यत्रmम जेठ २५ गतेसम्म चल्ने खेल संयोजक यम श्रीसले बताए। आज पहिलो दिनमै विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यत्रmम गल्कोट नगरपालिका शिक्षा , युवा तथा खेलकुद साखाका संयोजक हिम बहादुर भण्डारीको अध्यक्षता, शिक्षा उपसचिव पदमराज आचार्यको स्वागत मन्तव्य र देबेन्द्रसिह बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो ।
गल्कोट- ३ हटियामा प्रथम मेयर कप रनिंग शिल्ड खेलकुद प्रतियोगिता सुरु !
२०७६ जेष्ठ २३, बिहीबार २१:०१
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ श्रावण १८, सोमबार १०:२०
गलकोटको चौराहमा बस दुर्घटना ११ घाइते
२०७८ श्रावण ५, मंगलवार १४:०४