शव्द/चित्र : टिकाराम भट्टराई,
बुर्तिबाङ,२०७६ जेठ २४ । किसानको जिन्दगी न हो कहिले दुःख कहिले सुख त भईहाल्छ । अरु बेलामा भन्दा वाली लगाउने र स्याहार्ने बेलामा त बढी नै पो चटारो हुन्छ । निर्वाह मुखी कृषि प्रणाली अपनाई रहेका यस क्षेत्रका कृषकहरुलाई कहिले मकै छर्न, कहिले कोदो रोप्न, कहिले आलु रोप्न, धान रोप्न त कहिले गहुँ, कहिले जौँ, उवा, तोरी, फापर लगायतका बालीनाली कहिले लगाउन भ्याई नभ्याई छ त कहिले भित्र्याउन नभ्याई, यस्तै छ निसीभूजीका किसानहरुको दिन चर्या ।
किसानहरुलाई अहिलेको चट्टारो हो धान रोपाईको ! जेठ महिना पनि जानै लाग्यो.. पानी पनि समयमै परेकाले छरेका मकै पनि छिट्टै नै हुर्किए………… एकोहोरो मकैँ खन्ने चट्टारो भयो…उता खेतबारीमा छरेको गहुँ पनि पाकेर झुल्यो…. गहुँ काट्ने र ठटाउने चट्टारो भयो…फेरि कतै रोपेको आलु पनि खन्ने बेला भएको पानी परिरहेको कुहिँने डर पनि भयो …..आलु खन्न अनि बजारमा बेच्नको चट्टारो….. ! दोहोरो मकैँ खन्ने बेला पनि भयो त्यो मात्र कहाँ हो ? कोदोको बिउँ छर्ने बेला पनि….अब त यी काम सकियो भन्यो खेतमा फेरि धानको रोप्ने बेला भैसक्यो । घरमै हली गरु भएकालाई त सजिलै भयो तर हली गोरु नभएकालाई त खोज्नैको चटारो….. ! नयाँ नयाँ प्रविधि आयो केहिले प्रयोग पनि गरिरहेका छन भने केहिले पुरानै प्रविधि प्रयोग गरिरहेका छन ।
गाउँघर काममा अर्म–पर्म त भईहाल्छ …त्यसमा पनि धान रोपाई अझँ विशेष मानिन्छ । बुढापाकाको भनाई पनि छ मानो खाने मुरी उब्जाउने ….. काम परेको बेला खटिएरै गर्ने, टन्न खाने अनि मुरी फलाउने । रोँपाइको बेला काम त कस्सा कस भईहाल्छ…..केहिले सजिलोको निम्ति हाते ट्याक्टर पनि भित्राएका छन । रकम पनि मोटै लाग्ने,भन्या बेला ट्याक्टरमा राख्ने पेट्रोल पनि नपाईने अनि मोलकै लागी भएपनि गोरु पाल्नै पर्ने भएकाले पनि परम्परागत तरिकाले नै रोपाई गरिरहेको कतिपय किसानहरुको भनाई छ ।
यो समय खेतहरुमा विभिन्न नामहरु…हँ..तिल्के… हँ .तारे… हँ .माले… हँ .काले… हँ .रिठे…अनि कतै छेऊ आँ…..कतैँ कुना आँ…कतैँ पानी हाल्नुप¥यो… कतैँ पानी पुग्यो…कतैँ मेलो भयो ….कतैँ के कतैँ के सुन्न सकिन्छ. ! कतिपय त रोपाई सकेपछि हिलो खेलेर समेत रमाउने गर्दछन । ताकेको मेलो सक्नुप¥यो……हलीलाई गोरु दगुराउन हतार…बाउसेलाई आली लगाउन…..बेङ्गारेलाई मेलो सम्याउन हतार…खेतालीीहरुलाई बिउ काढ्न अनि रोप्न हतार…. यस्तै हो कसलाई के हतार कसलाई के हतार …..तर पनि साथीभाई, दिदीबहिनीको गफगाफ र ती रोपाईका गीतहरुले नै थकाई बिर्साईदिन्छ अनि ती क्षणहरु नै अविस्मिरणीय बनाउछ ।
बागलुङ जिल्लामा सबैभन्दा पहिले गल्कोट क्षेत्रमा धान रोपाई सुरु भएर चाँडै सकिन्छ पनि । गल्कोट क्षेत्र सिँचाई सुविधायुक्त मानिन्छ । रोपाईँ पनि छिटो, धान बाली भित्र्याउन पनि गल्कोटका किसानहरु छिटो तात्छन् ।
तस्बिरहरु ढो न पा ३ चिर्बाङ एकखुट्टे,खोलाखेतको हो ।