Sorry, that menu does not exist.
 

त्रिभुवन नमुना मावि खर्वाङमा ४३२ जना विद्यार्थीको लागि रु २ लाख ११ हजार छात्रवृत्ति वितरण !

कमल पौडेल, खर्वाङ २०७६ जेठ २४ । जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले शिक्षामा लैंगिक तथा सामाजिक उत्पीडनमा परेकाहरुको न्यायीक पहुँचको लागी छात्रवृत्ति कार्यक्रम चलिरहेको बताएका छन् ।

त्रिभुवन नमुना माध्यमिक विद्यालय खर्वाङको छात्रवृत्ति वितरण कार्यक्रममा वोल्दै भुसालले बालवालिकाको सर्वाङ्गीण विकासको लागि विद्यालयको भौतिक पक्ष सहित सामाजिक वातावरण पनि राम्रो हुनुपर्ने औंल्याएका हुन् । त्रिभुवन नमुना माविका विद्यालय व्यावस्थापन समितिका अध्यक्ष समेत रहेका भुसालले विद्यालयलाई सुविधा सम्पन्न बनाउन लागिएको जानकारी दिएका थिए ।
कार्यक्रममा वडा अध्यक्ष हिमा खरेल सहित विद्यालयमा गठित समितिका पदाधिकारी तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल सरकारवाट प्राप्त पूर्ण छात्रवृत्ति, कक्षा १ देखि ८ सम्मका छात्राहरुको लागी छात्रवृत्ति तथा कक्षा १ देखि १० सम्मका दलित छात्रछात्राको लागी प्राप्त छात्रवृत्ति तथा विभिन्न अक्षयकोषदाताहरुले स्थापना गरेको छात्रवृत्ति वितरण गरिएको थियो । जसअन्तरगत २४ जना विद्यार्थीहरुको लागी जनही १७ सयका दरले पूर्ण छात्रवृत्ति, ३१ जनाको लागी जनही ५ सयका दरले जेहन्दार छात्रवृत्ति, ३२ जना मावि तहका दलित विद्यार्थीको लागी जनही ५ सयका दरले दलित छात्रवृत्ति तथा कक्षा १ देखि ८ सम्मका दलित विद्यार्थी ४२ जना, तथा कक्षा १ देखी ८ सम्मका छात्रा ३ सय ७ जना लाई जनही ४ सयको दरले जम्मा ४३२ जना विद्यार्थीको लागी २ लाख ११ हजार ५०० सय छात्रवृत्ति वितरण गरिएको विद्यालयका लेखापाल गिता पोखरेलले जानकारी दिईन् । सो छात्रवृत्ति वितरण कार्यक्रम विद्यालयका प्रधानाध्यापक ढालमणि भण्डारीको अध्यक्षता सहायक प्रधानाध्यापक शिव पोखरेलको स्वागत मन्तव्य तथा शिक्षक कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।

फाईल तस्वीर ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply