Sorry, that menu does not exist.
 

भूजी मा.वि.को वार्षिकोत्सव सम्पन्न : सामुदायिक विद्यालयमा बालमैत्री वातावरण आवश्यक : नेपाली

योगेन्द्र विश्वकार्मा, बुर्तिबाङ, २०७६ जेष्ठ २५ । ढोरपाटन नगरपालिकाको वडा नम्बर ५ मा रहेको भूजी माध्यमिक विद्यालयको ६२ औँ वार्षिकोत्सव कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रमको ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा वोल्दै नगरप्रमुख नेपालीले विद्यालयलाइ नमुना बनाउनका लागि शिक्षक विद्यार्थी र अभिभावक तिनै पक्ष सक्रिय हुनुपर्ने बताए । सामुदायिक विद्यालयमा बालमैत्री वातावरणमा अध्यापन गराउनुपर्ने बताउदै विद्यालयमा शिक्षकले डर त्रासमा नभइ रमाउँदै सिक्ने अवसर दिएमा सिकाइ दिगो र प्रभावकारी हुने उनको भनाई थियो । विद्यालयको शैक्षिक स्तर सुधारका लागि आवश्यक सहयोग गर्न आफु व्यक्तिगत रुपमा र नगरपालिकाका तर्फबाट पनि तत्पर रहेको बताउदै नगरप्रमुख नेपालीले विद्यालयमा गत वर्ष स्थापना गरिदिएको १ लाख रुपैयाँको अक्षयकोषमा थप ५० हजार रुपैयाँ थपगरिदिने उद्घोष गरेका थिए ।


विशिष्ट अतिथि ढोरपाटन नगरपालिका उपप्रमूख करमती पुनले शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक विद्यार्थी अभिभावकको त्रिकोणात्मक सम्बन्ध रहने र विद्यालयमा सिकाइ वातावरण तयार पार्नुपर्ने बताईन् ।

सो अवसरमा प्रमूख प्रसासकीय अधिकृत धन प्रसाद पोख्रेलले विद्यार्थीलाइ अनुसन्धानमुखी बनाउदै प्रतिभाको प्रस्फुटन गराउनमा जोड दिनुपर्ने बताए । कार्यक्रममा विद्यालयका पुर्व प्रधानाध्यापक वेग बहादुर पुनले पनि मन्तव्य व्यक्त गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक चुरामणि पौडेलले विद्यालयको शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका चन्दादातालाई सम्मान गरिएको थियो भने सोमबारदेखी सञ्चालित अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विरुद्यार्थीलाइ पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडा नम्बर ५ का वडाध्यक्ष लक्ष्मण पुनको अध्यक्षता र शिक्षक थमनाथ पौडेल तथा राजु विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply