तमानखाेला बोङगादोभान २०७६ जेठ २६ । तमानखोला गाउॅपालिका वडा नं २ बोङगाखानी र वडा नं १ को केहि भु-भागमा मोवाईल सेवाको पहुॅच नहुॅदा स्थानियले सास्ती खेप्दै आईरहेका छन । नेपाल टेलिकम र प्राईभेट कम्पनी एनसेलको त्यहाॅ अहिले सम्म नेटवर्क विस्तार हुन सकेको छैन । जसका कारण मोवाईलमा नेटवर्क खोज्न माथी डाॅडातिर धाउनु पर्ने बाध्यता रहेको मंगला आधारभुत विद्यालय बोङगाखानीका प्रधानध्यापक लेख बहादुर छन्त्यालले जानकारी दिए । छन्त्यालका अनुसार छिमेकमा अफ्ठ्यारो पर्दा होस या मानिस विरामी पर्दा होस मोवाईलको नेटवर्क नहुॅदा सञ्चारको लागि यो क्षेत्रला निकै समस्या छ । भौगोलिक विकटता र दुर्गम क्षेत्र भएकोले पनि यस क्षेत्र पछि परेको स्थानिय समाजसेवी देव बहादुर विश्वकर्माले बताए ।
२१ औं सताब्दीको डिजिटल युगमा पनि हामी मोवाईल नेटवर्कको पहुॅच भन्दा बाहिर छौं जसले गर्दा अनेक समस्या झेल्नुपरेको छ । मोवाईल नेटवर्क नहुॅदा तमानखोला गाउॅपालिका वडा नं २ को बोङगाखानी, पहिरा, सेन्नामा, पुरानो गाउॅ, लामाचौर, गाई लुकाउने र लसुने गाउॅका झण्डै २ सय घरधुरीले सास्ती खेप्दै आईरहेका छन ।
यता नेपाल टेलिकम बागलुङले विकटमा पनि मोवाईल सेवा विस्तारलाई प्राथमिकतामा राखी विस्तार कार्य तिव्र रुपमा अगाडी बढाईएको जनाएको छ । नयाॅ स्थानमा सेवा विस्तार सॅगै उच्च गतिको डाटा सर्भिस थ्रिजी विस्तार कार्यलाई समेत तिव्र पारिएको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिनुभयो । बागलुङ जिल्लाका अधिकांश भु-भागमा टेलिकमको टुजी र थ्रिजी सेवा विस्तार भएको छ र बाॅकी रहेका थप स्थानमा समेत क्रमश सेवा विस्तार गरि गुणस्तरिय सेवा प्रदान गर्न नेपाल टेलिकमले गृहकार्य गरिरहेको शर्माले बताए । त्यस क्षेत्रलाई सञ्चारको पहुॅचमा जोडन छिटै सर्भे गरि सेवा विस्तार गर्न आवश्यक प्रकृया अगाडी बढाईने टेलिकमले जनाएको छ ।