कोपिला कंडेल, बागलुङ २०७६ जेठ २७ । राष्ट्रिय पजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार सर्वसत्ताबाद तर्फ उन्मुख रहेको बताएका छन् । न्यायालय मिडिया प्रशासन र फरक मत राख्ने प्रति सरकारले गलत कदम चालेको आरोप लगाए । मिडिया नेपालले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले जनताको सर्वोच्चता सहितको प्रजातान्त्रिक ब्यवस्था चाहेको दाबी समेत गरे ।
मुलुकमा राजसंस्थादेखी विप्लवसम्म अटाउने मौलिक प्रजातन्त्रको आवश्यकता रहेको बताउदै थापाले गृहमन्त्री हुँदा तत्कालीन माओवादीले गोलमेच सम्मेलनको आवाज उठाए पनि बाह्य शक्तिको चलखेलका कारण असफल भएको बताए । बाह्य शक्तिले नेपालका राजनीतिक दललाई एकापसमा भीडाएर अशान्ति पैदा गर्न खोजेका छन, अध्यक्ष थापाले भने, नेपाललाई आफ्नै मौलिकता सहितको दिगो शान्ति र प्रजातन्त्र चाहिन्छ । समग्र समस्था समाधानका लागि गोलमेच सम्मेलन हुनुपर्नेमा थापाको जेड थियो ।
सरकार पछिल्लो समय भ्रष्टाचार उन्मुख रहेको चर्चा गर्दै उनले वाईडवडी काण्ड एनसीएल काण्डको बिषय पछिल्लो समय सेलाएकाले सरकारको नियत स्पष्ट भएको बताए । मेची–माहाकाली राष्ट्रिय स्वाभिमानको यात्राका क्रममा बागलुङ आएका थापाले पुर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र हुनुपर्नेमा जोड दिएका थिए ।
यसैवीच स्वाभिमान यात्राको क्रममा पर्वतको सदरमुकाम कुश्मामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजतन्त्र समाप्त भएको १३ वर्षमा देशले केहि गतिलो चीज पाउन नसकेको बताए ।
केपी सरकारले सुशासन कायम गर्न नसकेको र विप्लबलाई कमजोर सम्झेको भन्दै उनले तत्तकाल बार्ताबाट समस्या समधान गर्न आग्रह गरे ।
अध्यक्ष थापाले जनयुद्धको नाममा १० वर्ष सर्वस्व गुमाउँदै शान्ति प्रक्रियासम्म आइपुग्दा पनि पुनः नयाँ माओवादी विद्रोह सुरु हुनु अशुभको संकेत भएको बताए। उनले परिवर्तनको नाममा थोपरिएका राज्य सञ्चालन प्रणालीलाई सच्याउनेतर्फ बहस चलाउन सम्पूर्ण राजनीतिक दललाई आग्रह समेत गरे।
हिजो सय गोल्लिाबाट शुरु भएको विद्रोहले १७ हजार मान्छे मरे, १० वर्ष गृहयुद्ध चल्यो अहिले फेरी विप्लबले कान्तिको नाउँमा बम पड्काउँदैछ यसले कति मार्ने हो उनले भने ।
राप्रपाले अघि सारेको मध्यमार्गी धार राजसंस्थासहितको लोकतन्त्र र सनातन हिन्दुराष्ट्र स्थापनाको लागि अब गाउँगाउँमा बहस चलाउनु पर्ने बताए।
‘परिवर्तनलाई संस्थागत गर्ने नाममा प्राचीनकालदेखि कायम रहेको सनातन संस्कृतिलाई विस्थापित गरेर धर्म निरपेक्षता लाद्ने र नेपालको एकीकरण देखि प्रजातन्त्रको स्थापना गर्ने राजसंस्थालाई पाखा लगाएर जबर्जस्ती गणतन्त्र कायम गरेयताका १३ वर्षको अवधिको स्वच्छ मूल्याङकन गर्ने हो भने मुलुकको अवस्था झन् जर्जर र भयानक भएको छ’, अध्यक्ष थापाले भने, ‘राष्ट्रघाती नागरिकता ऐन कार्यान्वयन गरेर लाखौं विदेशीलाई नागरिकता बाँडिनु, हिन्दु, बौद्ध र किरात धर्मप्रति लक्षित गरि सुनियोजित र योजनाबद्ध ढंगबाट धर्म परिवर्तन गराइनु, देश निर्माणमा लगाइनुपर्ने युवाहरुलाई सामान्य रोजगारीको लागि अरबको खाडी र मलेसियाको जंगलमा जान वाध्य बनाइनुजस्ता कार्यले मुलुकलाई अस्थिरतातर्फ धकेलिएको हो।’ उनले कसैको निहित स्वार्थपूर्तिको लागि परिवर्तनको नाममा संस्थागत गरिएका विसंगतिहरुलाई सच्याउनु पर्ने समय आइसकेको बताए ।