बागलुङ, २०७६ असार १ । नेपाल राष्ट्रिय वाणिज्य संघ र नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन बागलुङको एकता टुङ्गिएको छ । एकतापछि शनिबार राष्ट्रिय उद्योग व्यवसायी महासंघ, जिल्ला शाखाको घोषणा गरियो ।
महासंघ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शुभेच्छुक सङ्गठन हो । एकता अघि संघमा पूर्व एमाले र सङ्गठनमा पूर्व माओवादी केन्द्र निकट व्यवसायी आवद्ध थिए । महासंघको केन्द्रमा भने एकता प्रकृया अझै टुङ्गिएको छैन ।
जिल्लास्तरमा एकता गर्ने बागलुङ पहिलो जिल्ला बनेको छ । एकतापछि ४५ सदस्यीय महासंघको जिल्ला समिति गठन भएको छ । समितिको अध्यक्षमा रतन मुलेपति उपाध्यक्षमा दुर्गाबहादुर पुन, सचिवमा प्रकाश चालिसे, सहसचिव नारायण आचार्य, कोषाध्यक्षमा राजु गौतम र सहकोषाध्यक्षमा मनोज थापा रहेका छन् भने सदस्यहरुमा अजय श्रेष्ठ, अनुप रिजाल, कुलराज शर्मा, कौशिला घर्ती, खिमबहादुर कार्की, गगन पुन, गोकुल कँडेललगायत रहेका छन् ।
एकता भेलाले २६ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको महासंघका सचिव प्रकाश चालिसेले जानकारी दिँदै “जिल्लाका सबै स्थानीय तहबाट प्रतिनिधित्व हुने गरी समिति बनेको बताए ।
पदाधिकारीलगायत सदस्यहरुलाई महासंघ गण्डकी प्रदेशका संयोजक प्रेम पौडेलले सपथ ग्रहण गराएका थिए । सपथपछि बोल्दै अध्यक्ष मुलेपतीले व्यवसायीको हकहितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै बागलुङको व्यवसाय प्रवद्र्धनमा महासंघले अर्थपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।
महासंघका गण्डकी प्रदेश संयोजक पौडेलले केन्द्रमा एकता प्रकृया नटुङ्गिदा सङ्गठनको काम प्रभावित बनेको बताउदै “विकास र समृद्धिको राष्ट्रिय हाँसिल गर्न उद्योग, व्यवसायीको महत्वपूर्ण भूमिका हुन्छ”। उनले भने, “आफ्नो व्यवसाय प्रवद्र्धनसँगै राज्यलाई सहयोग गरौँ ।’
सोही अवसरमा बोल्दै गण्डकी प्रदेश सभाका सदस्य इन्द्रलाल सापकोटाले रोजगारमुखी व्यवसायमा जोड दिदै “निर्वाहमुखीबाटे व्यापार, व्यवसायलाई माथि उठाऔँ, अर्थतन्त्रमा टेवा पुग्ने गरी काम गरासर्् भन्ने आग्रह गरे ।
घोषण सभामा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, महासंघका सल्लाहकार सञ्जयकुमार श्रेष्ठ, नेकपा बागलुङका सचिव ज्ञामनाथ गैरे ‘अनिल’, व्यवसायी रत्ना भण्डारीलगायतले मन्तव्य राखेका थिए ।
एकता घोषणा सभा महासंघको एकता कार्यदलका सदस्य एवं पूर्व नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनका अध्यक्ष राज थापाको अध्यक्षता, भवनराज बरालको स्वागत र प्रकाश चालिसेको सञ्चालनमा सम्पन्न भएको थियो । पार्टी एकता भएको एक वर्ष बितिसक्दा पनि नेकपाका अन्य जनवर्गीय सङ्ठनको एकतामा ढिलाइ भइरहेको छ ।