Sorry, that menu does not exist.
 

यस वर्षको रु ५० हजार राशीको ‘सुगंगा पुरस्कार’ मानवसेवा आश्रम, बागलुङलाई !

बागलुङ २०७६ असार ५ । सुगंगा स्मृति कोष बागलुङव्दारा प्रदानगरिने सुगंगा स्मृति पुुरस्कार (सम्मान) २०७६ बागलुङ जिल्ला सदरमुकाममा करीब दुईवर्ष (२०७४ चैत २३ )देखी मानवीय सेवामा क्रियाशील सामाजिक संस्था मानवसेवा आश्रम, बागलुङलाई प्रदान गरिने भएको छ ।

मानवसेवा आश्रम बागलुङकी संचालिका सुमिरा लामा ।
कोषका अध्यक्ष काजि रोशनको अध्यक्षतामा बसेको कोषको विशेष बैठकले यस वर्षको रु ५० हजारको नगद पुरस्कार मानवीय सेवामा समर्पित मानवसेवा आश्रम संस्थालाई प्रदान गर्ने निर्णय गरेको कोषका सचिव ज्ञानेन्द्र गौतमले जानकारी दिए ।

स्वर्गीय आमा सुमित्रा खडका तथा स्वार्गीय पत्नी गंगा खड्काको नाममा २०६५ सालमा पत्रकार बिदुर खड्का, पुत्रहरु डा तिर्थेन्द्र खड्का, ई. धीरजविक्रम खड्का तथा बिबेब खड्काव्दारा स्थापित सुगंगा पुरस्कारको आठौँ श्रृंखला आगामी २०७६ असार १८ गते स्व गंगा खडकाको पुण्य तिथीका दिन वितरण गरिने कोषका सदस्य एवं अधिबक्ता काजि गाउँले श्रेष्ठले बताए ।

पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथी बागलुङ जिल्ला अदालतका न्यायाधीश प्रकाश प्रसाद पण्डित रहनु भएको जानकारी दिँदै कोषका सदस्य श्रेष्ठले पुरस्कार वितरण कार्यक्रमा मानवसेवा आश्रममै सम्पन्न हुने बताए ।

पहिलो सुगंगा पुरस्कार बरिष्ठ पत्रकार शुभशंकर कँडेल, तत्पश्चात क्रमश समाजसेवी देवबहादुर श्रेष्ठ, चर्चित लोक गायक खड्ग गर्बुजा, म्याग्दी, समाजसेवी भोला प्रसाद रिजाल, पर्वत फलेवास, अनुसन्धानकर्ता महावीर पुन, म्याग्दी, बरिष्ठ पत्रकार एकराज पाठक रासस, पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिसकिएको छ भने सुगंगा सम्मानबाट समाजसेवी (स्व)रामलाल शाक्य, पत्रकार अगन्धर तिवारी पर्वत, शिक्षाप्रेमी समाजसेवी (स्व) हेमराज शर्मा, शिक्षा प्रेमी शक्तिबहादुर खड्का, पूर्व राज्यमन्त्री तथा जिल्लाका जेष्ठ पत्रकार ओमकार प्रसाद गौचनलाई सम्मानित गरिएको कोषका कोषाध्यक्ष पत्रकार रामबहादुर श्रेष्ठले जानकारी दिए ।

बागलुङमा मानवसेवा आश्रम सन्चालनमा ल्याउन समाजसेवी युवाहरु मनिष रायमाझी, शिव खड्का, हरि रुचाल, कुशल खड्का, सुनिता श्रेष्ठ, राजेश पौडेल, सन्जय श्रेष्ठ, समेतको विशेष योगदान रहेको छ ।

आश्रमकी बागलुङकी जिल्ला संयोजक सन्चालिका (अभियन्ता) सुमिरा लामाले दिएको जानकारी अनुसार हाल आश्रममा सात जना बच्चाहरु रहेका छन् भने उनिहरुको उमेर सुरज थापा ८ बर्ष, सुनिता थापा १० बर्ष, बिनु मानव १२ बर्ष, उषा मानव १२ बर्ष कोेपिला मानव ५ बर्ष, सृष्टि मानव १६ महिना र नया बाबु १ बर्ष को रहेका छन् ।

लक्ष्मी (महिला)हरुमा मिना मानव २४ बर्ष, सीता मानव २० बर्ष, गीता मानव २५ बर्ष, डम्मरी शर्मा ३४ बर्ष, बिन्दु के।सी। ३२, मनिरुपा आमा ९० बर्ष, दिल माया आमा ८० वर्ष, पार्वती मानव ३० बर्ष, कमला दिदि ४०, कौशिला अमा ४०। देवी आमा ३५ बर्ष र ईन्दु आमा आश्रममा रहेका छन् ।

नारायण पुरुष तर्फ मुन्ना ३२ बर्ष, साईला दाई ३० बर्ष, पापा ३५ बर्ष, मान बहादुर ५० बर्ष, राम ३२ बर्ष, तथा राजेश १२ बर्षका रहेको पनि सन्चालिक लामाले ईबागलुङलाई बताईन् ।

अभियन्ता लामाका अनुसार हाल सम्म ४० जना भन्दा बढिलाई सेवा दिईसकिएको जस मध्ये ३, जनाले आश्रममा नै शरीर त्यागेको र ३ जनाको पारिवारीक पुनर्मिलन पनि हुन सफल रह्यो ।

विभिन्न अवसरमा विभिन्न महानुभावहरुबाट प्राप्त दान सहयोगबाट आश्रम संन्चालनमा सहयोग पुगेको बताईएको छ ।

आश्रमका केन्द्रिय अध्यक्ष राम्जी अधिकारीको विशेष प्रयासमा बागलुङमा स्थापित मानवसेवा आश्रममा समय समयमा बागलुङ आश्रममा आएर विशेष निर्देशन दिने गरेको जिल्ला सन्चालिका लामाले जानकारी दिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply