कोपिला कंडेल, बागलुङ २०७६ असार ६ । काठेखोला गाउपालिका वडा नम्वर ६ ले वडा भित्रका किसानलाई सुन्तला र कागतीका बिरुवा वितरण गरेको छ ।
सुन्तला जोन कार्यक्रमलाई अगाडी बढाएको वडाले त्यहांका किसानलाई सुक्रबार करिब ३ हजार बिरुवा वितरण गरेको वडा नम्वर ६ का अध्यक्ष युक्त प्रसाद कंडेलले जानकारी दिए ।
यसबर्ष ८ हजार बिरुवा वितरण गर्ने वडा कार्यालयको उदेश्य रहेपनि पर्याप्त मात्रामा बिरुवा उपलब्ध नभएकाले कबिर ३ हजार मात्र वितरण गरिएको अध्यक्ष कंडेलको भनाई रहेको छ । प्रति बिरुवाको मुल्य ४० रुपयां पर्ने वडाले जनाएको छ ।
जसअन्र्तगत वडाले पचास प्रतिशत र सम्बन्धीत किसानले पचास प्रतिशत ब्यहोर्ने गरी बिरुवा खरिद गरिएको हो, अध्यक्ष कंडेलले भने कतिपय बिरुवा किसानले आफै उत्पादन गरेका छन् । वडा नम्वर ६ लाई सुन्तलाको पकेट क्षेत्र बनाउने गाउंपालिका र वडाको अभियानलाई सफल बनाउन वडा भित्रका किसान लागि परेको कडेलले बताए ।
वडा भित्र ११ वटा ब्लक निर्माण गरि सुन्तला खेती शुरु गरिएको छ । सुन्तलाको ब्लक निर्माणका लागि वडा भित्र १० मिटर वरपरका रुखहरु ढलाउने निति अन्र्तगत अधिकाशं रुख हटाईसकिएको वडा सदस्य मनोहर कंडेलले जानकारी दिए ।
अव सुन्तला जोन कार्यक्रमलाई सफल बनाउनका लागि वडा कार्यालय र गाउंपालिकाले लिएको निति अनुरुप अगाडी बढ्नुपर्ने काठेखोला गाउंपालिकाका अध्यक्ष अमर थापाले बताए । सम्मृद्ध गाउंपालिका निर्माणका लागि वडा नम्वर ६ लाई सुन्तला जोन र पशुपालनको पहिचानको वडा बनाईने गाउंपालिका अध्यक्ष थापाको भनाई छ ।