Sorry, that menu does not exist.
 

निसीखोलामा महिला तथा स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न : ३ सय ७९ जना लाभान्वित !

बागलुङ (निसीखोला) २०७६ असार १० । बागलुङको निसीखोला गाउँपालिका– ३ बोहोरागाउँमा महिला तथा स्त्रीरोग सम्बन्धी निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय, बागलुङको आयोजना निसीखोला गाउँपालिका र बोहोरागाउँ स्वास्थ्य चौकीको समन्वयमा शिविर सम्पन्न भएको हो । महिला तथा स्त्रीरोग सम्बन्धी समस्यालाई लक्षित गरी आयोजना गरिएको शिविरमा ३ सय ७९ जनाले सेवा लिएका छन ।

पछिल्लो समयमा ग्रामिण भेगका महिलाहरुमा पाठेघर खस्ने र अन्य स्त्री रोग सम्बन्धी समस्या बढदै गएको हुँदा यसको पहिचाहन र उपचारका लागि शिविरको आयोजना गरिएको हो । शिविरमा देवीस्थान, बोहोरागाउँ, निसी क्षेत्रका महिलाहरुले सेवा लिएका थिए ।

शिविर उदघाट्न कार्यक्रममा बोल्दै निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले समुदायका हरेक व्यक्ति स्वस्थ्य रहेमा सिंगो समाजनै स्वस्थ्य रहेने बताए । उनले आफु स्वस्थ्य र समाज स्वास्थ्य राख्नका लागि सरसफाई र खानपानमा समेत ध्यान दिनुपर्ने बताए ।

पौडेलले निसीखोला गाउँपालिलाई स्वस्थ्य र समृद्ध बनाउनका लागि आगामी वर्ष देखी नयाँ कार्यक्रमको थालनी गर्ने जानकारी गराए ।

कार्यक्रममा धौलागिरी अञ्चल अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. सागर कुमार राजभण्डारीले पश्चिम क्षेत्रमा महिलाहरुमा पाठेघर खस्ने समस्या बढदो रहेको हुनाले यसको न्युनिकरणका लागि समयमा नै उपचार गर्न जरुर रहेको बताए । उनले रोग लाग्न नदिनका लागि महिलाहरुले आफ्नो स्वास्थ्यको बारेमा समय समयमा जाँच र ख्याल राख्नुपर्ने बताए ।

शिविरमा डा राजभण्डारी, स्वास्थ्य कार्यालय बागलुङका पब्लिक हेल्थ नर्स हरिकाशी पालिखे, परिवार नियोजन सुपरभाईजर, नारायण रेग्मी, गणेश सुवेदी, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका स्टाफ नर्स पार्वती अर्याल साथै बोहोरागाउँ र देवीस्थान स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मिहरुले सेवा दिएका थिए ।

कार्यक्रम निसीखोला गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जुनविक्रम शाहीको अध्यक्षता गाउँपालिकाका स्वास्थ्य संयोजक टोपबहादुर चन्द्रको स्वागत र स्वास्थ्य चौकीका प्रमुख रामबहादुर खड्काको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply