Sorry, that menu does not exist.
 

लागु औषध बिरुद्धको साताब्यापी कार्यक्रम सम्पन्न : यसको नियन्त्रणमा साझा अभियान सन्चालन गर्नु आवश्यक

कोपिला कंडेल, बागलुङ २०७६ असार १२ । समृद्ध राष्ट्र निर्माणका लागि लागू औषध रहित स्वस्थ जीवन भन्ने मुल नाराका साथ बागलुङमा असार ५ गते शुरु गरिएको लागु औषध दुरुपयोग तथा ओसारपसार बिरूद्ध सप्ताहव्यापी अन्तर्राष्ट्रिय लागु औषध दिवस हिँजो बुधबार समापन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङ, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना अर्जुनबाण गण, राष्ट्रिय अनुसन्धान, राष्ट्रिय उपभोक्ता मञ्च नेपाल रेडक्रस सोसाईटी गैरसरकारी सघंसंस्था महासघं सामुदायिक सेवा केन्द्र बा.न.पा १ रामरेखा र गुठी लगायतका सघंसंस्थाले प्रभातफेरी स्वरुप दिवसको औपचारिक समापन गरेका थिए ।

प्रभातफेरी पछि बागलुङ बजार स्थित चिप्लेटी बसपार्कमा आयोजित कोणसभामा बोल्दै प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीले लागु औषध विश्वब्यापी समस्या भएकाले यसलाई साझा अभियानको रुपमा नियन्त्रण गर्नुपर्ने बताउदै लागु औषधबाट परिवार र समाजलाई जोगाउनका लागि घर घर र टोलटोलमा प्रहरी पुर्याउनु पर्नेमा जोड दिए । प्रजिअ क्षत्रींले लागु औषध कारोबारीलाई कानुन बमोजिम कडा कारबाही हुनुपर्ने बताए ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक कृष्णहरी शर्माले लागु औषध जस्तो कुलतबाट आफ्ना बालबालिकालाई जोगाउनका लागि परिवारले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने सल्लाह दिँदै लागु औषधको कुलतमा फसेपछी निस्किन निकै कठिन पर्ने बताए ।

प्रहरी उपरीक्षक शर्माले लागु औषध दुव्र्यसन ठुलो सामाजिक समस्याको रुपमा रहेको चर्चा गर्दै यसको निराकणका लागि सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिए । उनले लागु औषधको नियन्त्रणका लागि प्रहरीले घर घर र टोलटोलमा प्रहरी खटाएको भन्दै लागु औषधको प्रयोगकर्ता एबं कारोबारीलाई सुधार र कारबाहीका लागि प्रहरीलाई सहयोग गर्न समेत आग्रह गरे ।

कार्यक्रममा नेपाल पुर्ब प्रहरी संगठनका संस्थापक अध्यक्ष माधव प्रसाद श्रेष्ठ, सामुदायिक सेवा केन्द्र गुठीका अध्यक्ष लिला खड्का, सचिव अञ्जु जिसी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन जिल्ला प्रशासन कार्यालय बागलुङ्गका प्रशासकिय अधिकृत एबं सुचना अधिकारी धीरेन्द्रराज पन्तले गरेका थिए ।


जिल्ला प्रशासन कार्यालय बागलुङमा गत असार ५ गते एक समारोहका वीच सुरु गरिएकोे कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक दिपेन्द्र बानियाले एक कार्यपत्र प्रस्तुत गर्दै समाजमा लागु औषधले नकरात्मक असर पु-याएको उल्लेख गरेका थिए । प्रहरी निरीक्षक बानियाले लागु औषधको नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय बागलुङले गरेका गतिबिधीबारे जानकारी गराएका थिए ।

उक्त कार्यक्रम प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको अध्यक्षता प्रशासकीय अधिकृत केशव लामिछानेको स्वागत मन्तब्य र सुचना अधिकारी धीरेन्द्रराज पन्तको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply