छविलाल पाण्डे, तमान २०७६ असार १२ । तमानखोला गाउँपालिकाले आर्थिक बर्ष २०७६/७७ को बजेट तथा निती कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको छैठौँ गाउँसभाबाट गाउँपालिकाले २२ करोड ७६ लाख ४ हजार पचास रुपैयाँको बजेट पारित गरेको हो ।
गत बर्षको जस्तै जनताको आवश्यकता अनुसारको पुर्वाधार विकास सँगै यसबर्ष थप नयाँ कार्यक्रम लिएर गाउँपालिका अगाडी बढेको गाउपालिकाले जनाएको छ । बजेट विनियोजन गर्दा गाउपालिकाले कृषि, शिक्षा स्वास्थ्य, रोजगार, पूर्वाधार समृद्धि र विकास तमानखोलाको आधार भन्ने मुल नारालाई आधार बनाएको छ ।
गाउँपालिकाले सँघीय सरकारकाबाट प्राप्त वित्तिय समानीकरण तर्फ ७ करोड, राजश्व बाँडफाँड तर्फ ५ करोड १३ लाख, सशर्त अनुदान ६ करोड ४१ लाख रुपैयाँ प्रदेश सरकारमार्फत विनीयोजित वित्तिय समानीकरण अनुदान निशर्त तर्फ १ करोड २० लाख ९२ हजार , बिनियोजन भएको छ ।
त्यस्तै प्रदेश सरकारबाटै राजश्व बाँडफाँड तर्फ १० लाख ४ हजार , गाउँपालिकाको कर बापत आम्दानी १५ लाख, स्थानीय वनको रोयल्टी १६ हजार ९ सय ८९, संरक्षित वन क्षेत्र १० हजार ५ सय ९९ पर्वतारोहण रोयल्टी ४ हजार ६ सय १४ ?पैयाँ र गतबर्षको बाँकि बजेट १ करोड, २७ लाख, ३५ हजार , ८ सय ८४ रुपैयाँ रहेको छ ।
उक्त बजेटलाई गाउँपालिकाले विभिन्न सिर्षकमा छनौट गरेको हो । जसमध्ये चालु तर्फ ३ करोड ५ लाख २९ हजार, पुँजिगत खर्चतर्फ ६१ लाख, सर्सत तर्फ सँघिय र प्रदेश गरी ७ करोड २१ लाख, विनियोजन भएको छ ।
पुर्वाधार विकास तर्फ ३ करोड ६१ लाख ८० हजार, विभिन्न कोष तर्फ १ करोड ५७ लाख, वित्तिय तर्फ १६ लाख, आर्थिक क्षेत्रतर्फ ५१ लाख ६८ हजार रुपैयाँ विनीयोजन भएको छ । त्यसैगरी समाजिक तर्फ ४ करोड १ लाख ३७ हजार ५०, वन वातावरण विपद व्यवस्थापन तर्फ ३८ लाख, संस्थागत विकास तथा सेवा प्रवाह तर्फ ९४ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएकोे छ ।
समुन्नत समतामुलक समृद्ध तमानखोला भन्ने उदेश्य लिएको गाउँपालिकाले स्वास्थ्य क्षेत्रको बृहत विकास गरी हालभएका स्वजास्थ्य केन्द्रबाट ल्याय र एक्सरे सेवा सञ्चालनलाई प्रभाबकारी बनाउने, कृर्षि क्षेत्रलाई व्यवसाहिक बनाउन कृषकलाई तालिम दिई उन्नत जातको कृर्षि प्रणाली अबलम्बन गर्ने, युवा स्वरोजगार कार्यक्रम अगाडी बढाउने, प्रर्यटन क्षेत्रको उजागर गरी आन्तरीक तथा बाह्य पर्यटक भित्राउने गरी कार्यक्रम सञ्चालन गर्ने, गाउँगाउँमा होम स्टेको अवधारणालाई अगाढी बढाउने, पशु पालन, माशु उत्पादन, बालगृह सञ्चालन गर्ने लगाएतका महतवपुर्ण कार्यक्रमलाई गाउँपालिकाले जोड दिएको छ ।
कार्यक्रम गाउँपालिका अध्यक्ष जोकलाल बुढाको अध्यक्षता, उपाध्यक्ष मानशरी शेरचन, प्रमुख प्रशासकिय अधिकृत कमलप्रसाद गौतम, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, पत्रकार लगाएतको उपीिथतीमा बजेट घोषणा कार्यक्र गरिएको थियो । कार्यक्रम गाउँपालिका इन्जिनीयर किसान सुनारले सञ्चालन गरेका थिए ।